पचालझरनामा स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या वृद्धि

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले अनिवार्य स्वास्थ्य चौकिमा सुत्केरी गराउनु पर्ने र त्यसका लागि स्वास्थ्य संस्थामा आउने बित्तिकै ब्यबस्थापन गरेर भएपनी स्वास्थ्य संस्थामा बच्चा जन्माउने वातावरण कायम गर्न स्वास्थ्यकर्मीको महत्त्वपूर्ण जिम्मेवारी आएको बताउनु भएको छ ।
स्वास्थ्य क्षेत्रका ६ महिनामा गरेको कामकारबाहीको समीक्षा गोष्ठिमा बोल्दै अध्यक्ष सेजुवालले सो कुरा बताउनु भएको हो ।
स्वास्थ्य शाखा पचालझरनाका संयोजक बिरेन्द्र संज्यालको अध्यक्षतामा भएको अर्धवार्षिक समिक्षा गोष्ठीमा गाउँ पालिका भित्रका स्वास्थ्य संस्था शाखाका प्रमुखहरुको उपस्थितिमा अर्धवार्षिक समीक्षा गोष्ठीमा आर्थिक वर्ष २०७८ साउन देखि हाल सम्मको गतिविधिका बारेमा व्यापक मात्रामा सम्पन्न हुन बांकी कामको समीक्षा सहितको प्रतिवद्वता गरिएको थियो ।
उक्त गोष्ठीमा भए गरेको गतिविधि र आगामी योजनाका बारेमा अनुभुती मन्तव्य दिदै राम्नाकोट स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट उमाकान्त न्यौपानेले पूरा हुन नसकेको कामकारबाहीका बारेमा सक्रिय ढंगले लाग्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र संज्यालले बिगत वर्षको तुलनामा यस वर्ष उल्लेखनीय सफलता हांसिल भएको बताउनु भएको छ ।गएको वर्ष स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या वृद्धि भएको बताइएको छ । पचालझरना गाउँ पालिकामा स्वास्थ्य चौकी ३ वटा,सामुदायिक स्वास्थ्य इकाइ १, बर्थिङ सेन्टर ३, खोप केन्द्र १२,आधारभूत स्वास्थ्य सेवा केन्द्र ६ वटा रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित