रास्कोटमा माओवादीको लालकिल्ला बनाउन जिल्ला सहइन्चार्ज न्यौपानेको आग्रह

7
SHARES
15
VIEWS

कालीकोट । नेकप(माओवादी केन्द्र)का केन्द्रिय सदस्य यसोदा न्यौपाने(पुर्णिामा)ले रास्कोटले बिगतमा जिल्लामा नयाँ सन्देश दिने र नेतृत्व गर्दै आएकाले आगामी चुनावमा रास्कोटलाई लालकिल्ला बनाउन आग्रह गर्नु भएको छ ।
रास्कोटमा भएको अगुवा कार्यक्रता भेलालाइ सम्बोधन गर्दै पुर्णिमाले सबैका मनमा स साना समस्यालाइ थाती राख्दै अबको निर्वाचनमा तन मन वचन लगाएर दत्तचित्तका साथ लाग्न निर्देशन दिनु भएको छ ।
पुर्णिमाले फरक प्रसंगमा पार्टी भित्र जातीय गन्ध ननिकाल्न सबै कार्यक्रतालाई स्पष्ट पार्नु भएको छ । वहाँले अगाडि भन्नू भयो हामिले उहिले जनयुद्ध लड्दा के हामी जातीय कुरा गरेर लडेका हौं र ? हामिले किन जातीय कुरा ल्याउने ? बरु कहाँ अपुग्ता रहेको समीक्षा गरेर समस्या हल गर्न पार्टी तयार भएको बताउनु भएको छ ।
रास्कोटका अगुवा कार्यक्रताहरुको उपस्थितिमा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा कमाण्ड इन्चार्ज महेन्द्र बहादुर शाही,केन्द्रिय लेखा आयोग सदस्य काशिचन्द्र बरालले समेत सम्बोधन गरेको  बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित