तीन पुस्ता कांग्रेस,एमाले पार्टीमा बिताएकाहरुले के पाए ?हामिले त जनयुद्ध लडेर गणतन्त्र ल्याएका हौं – प्रथम मुख्यमन्त्री शाही

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालीका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले तीन पुस्ता कांग्रेस र एमाले भएकाहरुले उहीँ गाउँमा धारोपधेरोमा दैनिक चलाउने बाहेक अरु के परिवर्तन गरेको प्रमाण सहित आउन चेतावनी दिनु भएको छ ।
नेकपा(माओवादी केन्द्र)रास्कोट नगर कमिटीले आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रथम मुख्यमन्त्री शाहीले हामिले लडेर देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउदै हामिले किन पछि हट्ने प्रश्न गर्दै गाउँ गाउँमा जनतालाई स्पष्ट पार्न सबै कार्यक्रतालाई निर्देशन दिनु भएको छ ।
नेकपा(माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा कमाण्ड इन्चार्ज समेत रह्र्का शाहीले अबको निर्वाचनमा सबै पालिका जित्ने तरिकाले ढुक्क साथ अघि बढ्न आग्रह गर्नु भएको छ ।
हामिले सैद्धान्तिक र राजनैतिक रुपमा एक ढिक्का भएर माओवादी घटकहरु निष्ठावान भएर अग्रसर भएपछि मात्र संभावना रहेको बताउनु भएको छ । अहिले माओवादीले जनयुद्ध नलडेको भए प्रथम रास्ट्रपति रामबरण यादब,दोस्रो रास्ट्रपति बिद्यादेबि भण्डारीहरुले रास्ट्रलाइ नेतृत्व गर्ने अवसर पाएको बताउनु भएको छ ।
जनताले सबै कुरा बुझेको तर उनिहरुले बाध्य भएर अस्विकार गर्ने गरेको तर विद्या भण्डारीको भित्रि मनमा भने त्यो महसुस भएको जिकिर गर्नु भएको छ । स्थानीय चुनावका बारेमा बोल्दै कमाण्ड इन्चार्ज शाहिले आ आफ्नो कमिटीमा सर्बसम्मत रुपमा जनप्रतिनिधिका लागि छनोट गर्न र पार्टीको निर्देशनमा काम गर्ने प्रतिबद्धता समेत गर्न निर्देशन दिदै रास्कोट पहिचान कायम गर्न समेत आग्रह गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित