पलांतामा जेष्ठनागरिक भत्ता बुझ्न एक दिन हिडेर बैंकमा घण्टौ लाइन कुर्नु पर्ने बाध्यता

7
SHARES
15
VIEWS

कालीकोट । जेष्ठनागरिकहरुले बृद्ध भत्ता पाउन सास्ति खेप्नु परेको छ । लामो समय देखि सामाजिक सुरक्षा भत्ता वापतको रकम पाउन कतै नारा जुलुस त कतै बैंकमा घण्टौं लाइन बस्नु परेको छ । पलांता गाउँ पालिकामा गएको ९ महिना पछि जेष्ठनागरिकले आफुले जेष्ठनागरिक भत्ता पाउने भएपछि पलांताका दुरदराजको नागरिकहरु एक दिनको बाटो हिंडर थिर्पु आएका छन ।

स्थानिय सरकारले बैंक खाता मार्फत जेष्ठनागरिक भत्ता पाउने व्यवस्था गरेपछि एक मात्र नविल बैंकमा रकम झिक्न घुईचो लागेका छ । बृद्ध भत्ता र बाल पोषण भत्ताको लागि जेष्ठनागरिकहरुको घुंइचो लागेको भएपनि इन्टनेट अबरोध हुंदा समस्या आएको बताइएको छ । पलांता गाउँ पालिकाको थिर्पुमा रहेको नविल बैंक गहिरो ठाउँमा भएकाले नेट नचल्ने समस्याले भुक्तानि गर्न कठिन भएको बताइएको छ ।

रकम बुझ्न बैंकमा आउने साविकको खिन गाविसको छलाह,छहड्ने,नेटाका गाउँ गाउँ बाट एक दिन भरी हिंडेर जेष्ठनागरिक आउने परेको र केहीलाई बोकेर बैंकमा ल्याउनुु परेको स्थानियले बताएका छन । जेष्ठनागरिकहरुले पहिले घर घरमा गएर पाउने बृद्ध भत्ता स्थानिय सरकार आएपछि झन कठिनाई हुने गरेको बताएका छन ।

स्थानिय जेष्ठनागरिक पलांता गाउँ पालिका वडा न ८ का जेष्ठनागरिक जसबहादुर रोकाया एक त ९ महिनाको भत्ता नमिलेको त्यहि माथि बैंकले दिन ढिला गरेकाले कठिनाई हुने गर्दा झन सास्ति व्यहोर्नु परेको बताउनु भएको छ ।त्यस्तै गुनासो गर्दै आएका छन अर्का जेष्ठनागरिक नन्दबहादुर रोकायाले अन्य पालिकामा प्रत्येक चार महिनाको पाउने तर पलांतामा किन ढिला हुन गएको हो ? भन्ने प्रश्न गर्दै दिन भरी हिंडेर दुःख हुने त्यहि माथि बैंकले ढिला गर्दा दुई दिनको बास बस्दा पाएको रकम खर्च हुने भएपछि चिन्तित रहेको बताउनु भयो ।

ढिला सुस्तिका बारेमा नविल बैंक पलांताका शाखा प्रबन्धक नविन नेपालिले गहिरो ठाउँमा बैंक भएकाले नेटले काम नगर्दा समस्या आउने गरेको बताउनु भएको छ । वहाँका अनुसार केही त आइतबार भएको र त्यहि माथि नेटको समस्इाले समयमै काम नभएको प्रति आफु चिन्तित रहेको बताउनु भयो । जेष्ठनागरिकले बैंकमा खाता संचालन गर्न आउदा पलाता ३ निवासी टिउकी बमको विच बाटोमा ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित