स्थानीय सरकार संचालनमा हामिले बांझो जमिन खन्ने काम गर्‍यौं,अब आउनेले डिलभिटो गर्ने काम गर्छन-अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले स्थानीय सरकार संचालनमा आफुहरुले बांझो जमिन खन्ने काम गरेको बताउदै अब आउने सरकारले सपारेको जमिनको डिलभिटो गर्नुका साथै मलजल गरेर उत्पादन बढाउने गरी योजना अघि बढ्ने बताउनु भएको छ ।
पचालझरना गाउँ पालिकाको वडा नम्बर ४ ले ५ वर्षको कामकारबाहीका बारेमा सार्वजनिक सुनुवाइ तथा समीक्षा कार्यक्रममा बोल्दै अध्यक्ष सेजुवालले हामिले शुरूवातमा आएको बजेट दामाशाहिले बांडेको तर पछिल्ला वर्षमा बिकाश निर्माणका काम र अन्य बजेटको स्तरीकरण गरेकोले पचालझरना विधि,नीति र पद्धतिमा अघि बढेको बताउनु भएको छ ।
पचालझरना गाउँ पालिका अध्यक्ष सेजुवालले पानीपधेरो,पुलपुलेसा,मठमन्दिर देखि स्वास्थ्य सिचाईका काम हुनु र प्रत्येक टोलमा एक घर एक धारा निर्माण गरिएकोमा ठूलो उपलब्धि ठान्न सबैलाइ आग्रह गर्नु भएको छ ।पचालझरना वडा नम्बर ४का वडा अध्यक्ष अनरुप रोकायाले ५ वर्षमा १६ करोड ४२ लाख ३५ हजार ७ सय ७६ रकम आएकोमा खानेपानी,सिचाइ,फिल्टर बितरण देखि तमाम काम भएको र केही योजना संचालनमा रहेको बताउनु भएको छ ।
वडाको प्रतिबेदनमा आफुले जनताको पक्षमा काम गरेको र आगामि दिनमा समेत जनताको सेवामा लागि पर्ने बताउनु भएको छ । उक्त सार्वजनिक सुनुवाइमा बोल्दै स्थानीय प्रेमलाल सेजुवाल,परेक रोकाया,मान बहादुर सेजुवाल,बिष्णुलाल न्यौपानेले सुझाव सहितको जिज्ञासा राखेको बताइएको छ ।
सो कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष तारा न्यौपाने,निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र बम लगाएतका जनप्रतिनिधिहरुको सहभागिता सहित स्थानीयको उपस्थिति रहेको थियो ।सो सार्वजनिक सुनुवाइको रेडियो प्रदेश आवाजले दिनभर प्रत्यक्ष प्रशारण गरेको थियो ।
पचालझरनाका वडा नम्बर ४,६,७ र ९ मा सार्वजनिक सुनुवाइ भएको छ भने अन्य वडाहरुमा चैत्र २० गते भित्र सम्पन्न गर्ने र त्यस पछि पालिका स्तरीय सार्बजनिक सुनुवाइ गर्ने पचालझरना गाउँ पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित