जनमुखी बजेट संघीयताकै कारण आएको हो -उपाध्यक्ष न्यौपाने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले पचालझरना लगाएत देशभर संघीयताका कारण जनमुखी बजेट आएको बताउनु भएको छ ।
पचालझरना गाउँ पालिकाको वडा नम्बर ४ को सार्बजनिक सुनुवाइ तथा समीक्षा कार्यक्रममा बोल्दै महिला नेतृ तथा उपाध्यक्ष न्यौपानेले २०७४ सालको स्मरण गर्दै शुरुमा बैठक बस्ने कोठा नभएर छहारीमा बसेर गाउँ पालिकाको योजना कार्यन्वयन भएकोमा अहिले वडा वडामा सडक,खानेपानी,स्वास्थ्य क्षेत्रमा कायापलट भएको दाबी गर्नु भएको छ ।
पचालझरनामा बिगतको बिकाशको तुलनामा तिब्रगतीमा अघि बढेको र केही अपुग्ता भएमा आगामी आउने माओवादी नेतृत्वको सरकारले पूरा गर्ने बताउनु भएको छ ।
वडा नम्बर ४ मा २०७४ देखि २०७८ सम्म आएको बजेट र गरेका काम कामकारबाहीका बारेमा वडाअध्यक्ष अनरुप रोकायाले प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।पचालझरना गाउँ पालिका जनप्रतिनिधिले आफ्नो ५ वर्षको समीक्षा सहितको सार्वजनिक सुनुवाइ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित