पचालझरनामा मेलमिलाप कर्ता गाउंका न्यायका मुर्ति

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा न्यायिक समितिका मेलमिलाप कर्ताहरुको कामका बारेमा समीक्षा गरिएको छ । पचालझरना गाउँ पालिका स्थित न्यायिक समितिले २०७४ साल देखि २०७८ साल सम्मा गरेका मेलमिलाप कर्ताहरुको उपस्थितिमा समीक्षा गरिएको छ ।
पचालझरना वडा नम्बर १ देखि ९ सम्मका मेलमिलाप कर्तहरुको उपस्थितिमा समिक्षा गरिएको बताइएको छ । मेलमिलाप कर्ताले आफुले ५ वर्ष सम्म विभिन्न खालका मुद्वाहरुलाइ मेलमिलाप गरिएको बताइएको छ ।उक्त कार्यक्रममा वडा नम्बर १ बाट बिर्खे सार्की,वडा नम्बर २ बाट हर्ष कठायत,वडा नम्बर ३ बाट मान बहादुर ऐडी,वडा नम्बर ४ बाट दुर्ब सेजुवाल,वडा नम्बर ५ बाट काली दर्जी ,वडा नम्बर ६ देखि ९ सम्मका मेलमिलाप कर्ताहरुले आफुले गरेका कामको रिपोर्ट राखेको बताइएको छ ।
समीक्षा कार्यक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र बमले कार्यसम्पादनको अभिलेखिकरण जरुरी भएको बताउदै आगामी दिनमा विवरण संकलन गरेर राख्नु पर्ने बताउनु भएको छ । त्यसै गरि सो कार्यक्रममा बोल्दै पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले पहिले अनुभवले काम गरेको भएपनी अहिले उचित तालिम सहितको क्षमता अभिबृद्वी भएकाले बिज्ञको भुमिका निर्बाह गर्न आग्रह गर्नु भएको छ ।
त्यसै गरी न्यायिक समिती संयोजक तारा न्यौपानेले पांच वर्षमा न्यायिक समितिले १ सय ४५ मुद्वाहरु मेलमिलाप गरिएको बताउदै आगामी दिनमा मेलमिलाप कर्ता ले निरन्तर जनताका काम गर्न अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित