संघीय सांसद रावतको उपस्थितिमा पचालझरना वडा नम्बर २ को खयरकोटमा सार्वजनिक सुनुवाइ

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको वडा नम्बर २ को सार्वजनिक सुनुवाइ शुरु भएको छ ।संघीय सांसद दुर्ग बहादुर रावतको उपस्थितिमा उक्त कार्यक्रम शुरु भएको छ । पचालझरना गाउँ पालिकाको वडा नम्बर २ मा २०७४ साल देखि २०७८ सम्म गरेका कामकारबाही र बजेटका बारेमा वडा अध्यक्ष करबिर बिकले प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको छ भने स्थानीयले हाल सम्म गरेका काम कामकारबाहीमा सुझाव दिएका छ्न । पचालझरना गाउँ पालिका,प्रदेश सरकार र संघीय सरकारबाट गरेर १६ करोड बजेट प्राप्त भएको र त्यस बाट बिद्यालय,स्वास्थ्य इकाइ,सडक र कृषि क्षेत्रमा लगानी गरिएको बताउनु भएको छ । उक्त कार्यक्रममा पचालझरना गाउं पालिका अध्यक्ष खड्गराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपाने, जिल्ला समन्वय समिती सदस्य ऐना शाही,कार्यकारी प्रमुख बिरेन्द्र बम,वडा नम्बर ४का अध्यक्ष अनरुप रोकाया लगाएतका नेताहरुको उपस्थिति रहेको बताइएको छ । पचालझरनामा भएको बिकाशले एक पछि अर्को माओवादी केन्द्रको लोकप्रियता बढेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित