कालीकोट । पचालझरना गाउँ पालिकाको पणेक्षा देखि धमालि सम्मको निर्माण सम्पन्न भएको सडक उद्घाटन गरिएको छ ।
कालीकोटबाट संघिय सभामा प्रतिनिधित्व गर्ने सांसद दुर्ग बहादुर रावतले उक्त सडकको उद्घाटन गर्नु भएको छ । संघिय सरकारबाट प्राप्त १ करोड २५ लाख लगानिमा निर्माण सम्पन्न भएको सडकको उद्घाटन गरिएको हो ।
सडक उद्घाटन समारोहमा बोल्दै सांसद दुर्ग बहादुर रावतले देशमा विकासको मुल फुटाउने भनेकै नेकपा(माओवादी केन्द्र) भएको दावि गर्दै गाउँमा सिंहदरवार आएको महसुस विकास निर्माणले गराएको बताउनु भएको छ ।
पचालझरना गाउँ पालिकाले टोल टोलमा पुगाएको सडक र घरघरमा खानेपानि,स्वस्थ्य इकाईको स्थापना गरेको ठोकुवा गर्दै बांकी रहेका कामहरु अब आउने माओवादी केन्द्रको नेतृत्वले पूर्णता दिने बताउनु भएको छ ।
Discussion about this post