माओवादी केन्द्रले कृष्ण र महेन्द्रलाई धोकेवाज भन्दै कार्वाही गर्यो(विज्ञप्ति सहित)

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र) कालीकोटले दुई जनालाई पार्टी सदस्य नरहने गरी कार्वाही गरेको छ । नेकपा(माओवादी केन्द्र)मा रहंदा पार्टी र सरकारको आडमा स्वार्थमा लिप्त रहेको भन्दै कृष्ण प्रसाद आचार्य र महेन्द्र बहादुर शाहीलाई निष्कासन सहित कार्वाही गरेको जनाएको छ ।

नेकपा(माओवादी केन्द्र) कालीकोटका जिल्ला संयोजक लक्ष्मि चौलागाई(शैलेन्द्र)द्धारा हस्ताक्षरित विज्ञप्तिमा व्यक्तिगत दुबै जना फाइदाका लागि निरन्तर स्वार्थमा लिप्त रहेर फुट,विभाजनमा रमाउने जनता र समाजको भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा रहेका धोकवाज कृष्ण प्रसाद आचार्य र महेन्द्र बहादुर शाहीमा चरम विचलन तथा व्यक्तिवादी अराजकता उत्पन्न भएर एमाले जस्तो शंसोधनवादी दलाल पार्टीमा गएकाले आज कै दिन देखि पार्टी सदस्य नरहने गरी पार्टीबाट निष्कासन सहित कार्वाही गरिएको उल्लेख छ ।

कृष्ण आचार्य पूर्व एमालेबाट २०७४ सालको स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रमा प्रवेश गरेका थिए भने महेन्द्र बहादुर शाही नेमकिपाबाट माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ ।

प्रेस विज्ञप्ति
देशभर कमजोर अवस्था भएपछि छटफटाहट र दुई दुई पटक संसदको हत्या गरी प्रतिगमनको मतियार रहेको एमालेले जनतालाई विभिन्न प्रलोभन देखाएर जनतामा नचाहिंदो भ्रम फैलाउदै हुुल बढाउन लागि परेको छ । पछिल्लो समयमा गठबन्धनको भय त्रासले अतालिएको एमालेले मर्ने बेलाको हरियो कांक्रो बाहेक अरु केही देखेको छैन । सोही सिल सिलामा आज कालीकोटमा नेकपा(एमाले)ले गरेको कार्यक्रममा त्यहि छलफटाहट अवस्था देखिएको छ ।
विगतमा विभिन्न अवसर लिएका तर अवसरका लागि धाकधम्कि देखाउदै आएका माओवादी केन्द्रको नेतृत्वको पार्टी र सरकारको भुमिकामा रहेर व्यक्तिगत फाइदाका लागि निरन्तर स्वार्थमा लिप्त रहेर फुट,विभाजनमा रमाउने जनता र समाजको भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा रहेका धोकवाज कृष्ण प्रसाद आचार्य र महेन्द्र बहादुर शाहीमा चरम विचलन तथा व्यक्तिवादी अराजकता उत्पन्न भएर एमाले जस्तो शंसोधनवादी दलाल पार्टीमा गएकाले आज कै दिन देखि पार्टी सदस्य नरहने गरी पार्टीबाट निष्कासन सहित कार्वाही गरिएको छ ।
आम जनसमुदायहरुमा यि यस्ता अवसरवादीहरु बाहिरिदैमा कुनै पनि असर नपर्ने बरु पार्टी शसक्त ढंगले अघि बढ्ने विश्वास व्यक्त गर्दै भ्रममा नपर्न आग्रह गर्दछौं । अवसरवादी चरित्र भएकाहरु प्रति सजग र सर्तक रहन अनुरोध गर्दै पार्टी क्रान्ति,समाजवाद उन्मुख राज्य व्यवस्था प्राप्त गर्नका लागि महाअभियानको नेतृत्व गर्ने अध्यक्ष क.प्रचण्डको विचारलाई आत्मसाथ गर्दै शहिदहरुका सपना पुरा गर्ने अठोट र प्रतिवद्धता व्यक्त गर्दै जनताको सेवामा निरन्तर लाग्न विशेष अनुरोध गर्दछौं ।

लक्ष्मि प्रसाद चौलागाई(शैलेन्द्र)
संयोजक

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित