जनप्रतिनिधिलाई सचेत र सहयोग गर्नु नागरिकको दायित्व हो-उपाध्यक्ष न्यौपाने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले गाउँको विकास निर्माणका सवालमा जनप्रतिनिधिलाई सहयोग तथा सचेतना गर्नु पर्ने बताउनु भएको छ ।

पचालझरना गाउँ पालिका वडा न. १सिकुमा गरिएको वडा स्तरिय सार्वजनिक सुनुवाईमा बोल्दै उपाध्यक्ष न्यौपानेले पांच वर्ष सम्म भएका कामका बारेमा जानकारी दिदै केही अपुग्तालाई आगामि दिनमा पूर्णता दिने बताउनु भएको छ ।वडा अध्यक्ष रत्नलाल न्यौपाने प्रस्तुत गरेको प्रतिवेदन माथि स्थानियले राखेको जिज्ञासाका बारेमा जवाफ दिदै आगामि दिनमा आवश्यक सुधार गरेर जानु पर्ने बताउनु भएको छ ।

उपाध्यक्ष न्यौपानेले विगतमा गाउँमा सडक लगाएतका काम सुचारु गर्दा अवरोध आएको स्मरण गर्दै चेतना स्तर माथि उठ्न आग्रह गर्नु भएको छ । सो सार्वजनिक सुनुवाई कार्यक्रममा पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल, जिल्ला समन्वय समिति सदस्य ऐना शाही,वडा न.२का अध्यक्ष करविर विकले मन्तव्य दिनु भएको छ ।

केही योजनाहरुमा अनियमितता भएको विषयलाई अविलम्ब पुरा गर्न पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल सहितका जनप्रतिनिधिले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित