पचालझरना गाउँ पालिकामा जनप्रतिनिधि सहित ४० जना नेकपा(माओवादी केन्द्र)मा प्रवेश

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)ले थालेको चुनावि अभियानका क्रममा पचालझरना गाउँ पालिकाको सिकुमा ४० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन । नेकपा(एकिकृत समाजवादी) कालीकोटका जिल्ला सदस्य पौरखे लुवार(दंगलि) सहित एकिकृत समाजवादीमा आस्थावान जनप्रतिनिधि झिमु शाकी, नेपालि कांग्रेसबाट खिउसरा बोगटी,नेकपा(एमाले)बाट जयप्रसाद न्यौपाने,तिल खड्का,मोतिमा न्यौपाने लगाएत ४० जना नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेको माओवादी नेता ऐन बहादुर खड्काले बताउनु भएको छ ।

उनका अनुसार पचालझरना गाउँ पालिकाको वडा न. १ सिकुमा मात्र हाल सम्म ८५ जना अन्य पार्टीका नेता तथा कार्यक्रताहरु माओवादीमा प्रवेश गरेको बताउदै केही दलहरुको संगठनमा बस्ने कार्यक्रता पाउन कठिन भएको दावि गर्नु भएको छ ।केही दिन पहिले एमालेबाट हरि ऐडी,नेपालि कांग्रेसबाट कृष्ण प्रसाद न्यौपाने,विष्णु प्रसाद न्यौपाने सहित मुखिया परिवारका ७ घरका १४ जना र एमालेबाट शहिद परिवार धनरुप बोगटी लगाएतका नेता तथा कार्यक्रताहरु नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेको बताइएको छ ।

आज भएको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा कर्नालि प्रदेश कमिटि सदस्य खडगराज सेजुवाल,तारा न्यौपाने,अल्किना बम,ऐना शाही लगाएतका नेताहरुले स्वागत गरेको बताइएको छ । पचालझरनालाई माओवादी लालकिल्ला बनाउने कार्यक्रममा सहभागि नेताहरुले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित