देउडा,निबन्ध र बक्तृत्वक्ला सहित महाबैमा सहकारी दिवश

7
SHARES
15
VIEWS

कालीकोट । ६५ औं रास्ट्रीय सहकारी दिवशको अवसरमा जिल्लाको रास्कोट नगरपालिका,महाबै,नरहरिनाथ गाउँ पालिकामा कतै अन्तरक्रिया त कतै बक्तृत्वकला र निबन्ध प्रतियोगिता गरिएको छ ।
चैत्र २० गतेका दिन आयोजना गरिएको कार्यक्रममा रास्कोटमा अन्तरक्रिया कार्यक्रम गरिएको छ भने महाबै गाउँ पालिकामा देउडा,निबन्ध र बक्तृत्वकला कार्यक्रम गरिएको छ ।
महाबै गाउँ कार्यपालिका सदस्य मनकोइला सिंहको प्रमुख आतिथ्यता शुरु भएको कार्यक्रममा महाबै गाउँ पालिका ७ वटा माध्यमिक बिद्यालय र तिलागुफाका १ गरेर ८ माबिको सहभागिता रहेकोमा बक्तृत्वकला तर्फ कालिका माबी प्रथम,दितिय राम माबी,तृतीय त्रीबेणी माबी र सान्त्वना स्थानमा सिवालय माबी रहेको छ भने निबन्ध प्रतियोगिता तर्फ तिला नमुना माबी प्रथम, राम माबी दोस्रो, चन्द्रादेबी तेस्रो र देब माबी सान्त्वना रहेको बताइएको छ ।
मर्यादित ब्याबसाय र प्रबिधिमा सहकारी भन्ने मुलनाराका साथ समाज परिवर्तनमा सहकारीको भुमिका विषयक बक्तृत्वकला प्रतियोगितामा सेवा कार्यालय ब्यबस्थापक पुस्प उपाध्यायको अध्यक्षता तथा कार्यपालिका सदस्य मनकोइला सिंहको प्रमुख आतिथ्यतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित