संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

7
SHARES
15
VIEWS

काठमाडौं,असार । नयाँ नक्शा अनुसारको निशान छाप परिवर्तनका लागि गरिएको संविधान संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेको एक विज्ञप्ति मार्फत  जानकारी दिएका हुन्।

लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भारतले अतिक्रमण गरेका क्षेत्रलाई समेटेर जारी गरेको नेकपालको नयाँ नक्शा संविधानको अनुसूची ३ मा व्यवस्था गरिएको नेपालको निशान छापमा राख्नका लागि गरिएको संविधान संशोधन विधेयक दुवै सदनबाट पारित भएपछि राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन्।

सभामुख अग्‍निप्रसाद सापकोटाले बिहीबार प्रमाणित गरेपछि उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष आजै पेश गरिएको थियो।

“आज मिति २०७७ साल असार ४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणकाे लागि पेश हुन आएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गर्नुभएको छ,” राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उक्त विधेयक राष्ट्रिय सभाबाट बिहीबार र प्रतिनिधिसभाबाट ३१ जेठमा सर्वसम्मतिले पारित भएको थियो । सरकारले ७ जेठमा भारतीय अतिक्रमणमा परेका भू-भाग समेटेर नयाँ नक्शा जारी गरेको थियो भने ९ जेठमा संविधान संशोधनका लागि प्रतिनिधिसभामा दर्ता गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित