देशभर बैशाख ६ र ७ गते भिटामिन र जुकाको दवाइ खुवाइने

7
SHARES
15
VIEWS

कालीकोट । देशभर भिटामिन र जुकाको औषधि खुवाइने भएको छ । बैशाख ६ र ७ गते देशका सबै पालिकाका वडाहरुमा औषधि खुवाउने कार्यक्रम अनुसार परिवार कल्याण महाशाखाले निर्देशन जारी गरेको छ । सोही अनुसार कालीकोटका ८२ वडाका स्वास्थ्य इकाइ कार्यलय र स्वास्थ्य संस्थामा औषधि सहित ब्यबस्थापन गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत तथा सुचना अधिकारी कटक महता बताउनु भएको छ ।वहाँका अनुसार जन्मेको एक वरिपरिको देखि ५ वर्ष मुनिका बाल बालिकालाइ भिटामिन क्याप्सुल खुवाउने सोही अनुसार जुकाको दवाइ खुवाउन कालीकोटका ९ वटै पालिकाक स्वस्थ्य संंस्थालाई निर्देशन दिएको बताउनु भएको छ ।अहिले जिल्लाका ९ वटै पालिकामा टाइफाइड रोग विरुद्धको खोप अभियान तिब्र रुपमा चलेको बताइएको छ । जिल्लाभर बैशाख ९ गते भित्र सबै पालिकामा टाइफाइड खोप लगाइसक्ने जनस्वास्थ्य अधिकृत महतले बताउनु भएको छ।कोभिड महामारी यथावत रहेको भन्दै पारिवारिक कल्याण महाशाखाले भिडभाडलाई क्म गरेर औषधि खुवाउन अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित