रास्कोट नगरपालिकामा स्थानिय सरकार गठन भएपछि मेयर बरालको कार्यकालमा भएका महत्वपूर्ण कामहरु

7
SHARES
15
VIEWS

कालीकोट । संघियताको कार्यन्वयन र पहिलो स्थानिय सरकारको नेतृत्व गर्ने रास्कोट नगरपालिकाको नेतृत्व गर्ने प्रमुख काशिचन्द्र बराल र उपप्रमुख मिमसरा बम शाहीले पांच वर्ष सम्म गरेका उल्लखेनिय काम मध्ये तपसिल बमोजिमका क्रियाकलापहरु बाहिर ल्याएको छ । भर्खेरै सम्पन्न नवौं नगरसभाले विगतको समिक्षा र भावि कार्यक्रमका बारेमा गरेको समिक्षामा निम्नानुसारका काम गरेको जानकारी दिएको छ । जस मध्ये तपसिल अनुसारका रहेका छन ।
तपसिल

१. सडक
क. आररिपि बजारदेखि ठूला चौरसम्म सडक निर्माण २ किलोमिटर
ख. आरसिपि बजारदेखि बासतोला थोल्म फुकोट सम्म सडक निर्माण ७ किलोमिटर
ग. गगने देखि बडरुख तामाकोट सडक निर्माण १०किलोमिटर
घ. चाम्तोला देखि बास्तोला सडक निर्माण २ किलोमिटर
ङ. बडिमालिका माविदेखि देउरापाटनसम्म सडक निर्माण ७ किलोमिटर
च. चाटेखोला देखि राताखालसम्म सडक निर्माण ४ किलोमिटर
छ. सेराचौर देखि तुसारखोला सम्म सडक निर्माण ३ किलोमिटर
ज. सेराचौर देखि बुढीसैन कर्णालीचौर हुदै टाड्क सडक निर्माण ७ किलोमिटर
झ. द्वारेढुंगादेखि बल्लेकाँध हुदै आरसिपि बजारसम्म सडक निर्माण २ किलोमिटर
ञ. द्वारेढुंगादेखि वाखरकोट सडक निर्माण ४ किलोमिटर
ट. विजयपुर स्युनागाउ सडक निमाण १ कि.मि.
ठ. बडिमालिका मावि देखि गाउखेतसम्म सडक निर्माण ६ किमि
ड. सेराचौरदेखि खड्रकाटोल सडक निर्माण २ कि.मी.
ढ. सेराचैर गैतुकोट सडक निमाण ३ कि.मि.
ण. रानागाउँ मोड देखि आयुर्वेद औषधालयसम्म सडक निर्माण १ कि.मि.
त. आरसिपी देखि गैतुकोट सडक निमाण ३ कि.मि.
थ. गोर्खाली गाउँ मोडदेखि कालासिल्ला मावि सम्म सडक निर्माण १ कि.मि.
द. बास्तोलादेखि जनजागृति मावि फुकोटसम्म सडक निर्माण १ कि.मि.
ध. वास्तोला वाखरकोट लिस्ने सडक निर्माण ५ किमि
न. लडेखेला गडेनि सडक निमाण ७ किमी
ऩ. अंगाउ पोतमारा सडक २.५ किमि
प. काव्रा गौंतु सडक २ किमि
फ. सान्नीघाट आरसिपी सडक कालोपत्रे १२ किमि निर्माणाधिन
ब. खालीचौर देखि काँडागाउँ सम्म सडक निर्माण २ कि.मि.
भ. ढुङ्गेधारा देखि डुङ्ग्रीकोट सम्म सडक निर्माण १ कि.मि.
म. वडा नं. ३ को कार्यालय देखि डोग्रेखोला सम्म सडक निर्माण २ कि.मि.
य. तुसारखोला देखि फुगाड सम्म कालोपत्रेको प्रक्रिया अगाडी बढेको।
२. विद्युत तथा संचार
क. नगरपालिकाहरुका विद्युत लाइन सवै वस्तीहरुमा विद्युत लाइन विस्तार ।
ख. बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, नगरपालिका सहलगानीमा ५५०००००० ।- लागतमा वयलपाटा ७५ किलावाट सेलार मिनिग्रेड निर्माण ।
ग. बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र नगरपालिकाको संयुक्त लगानी मा जडेरा सालार मिनिग्रीड १ मेघावाट उर्जा निर्माण कार्यका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको ।
घ. २५ किलेवाट मष्टामाण्डू लघु जलविद्युत आयोजना सम्पन्न ।
ङ. ३० किलोवाट सोलार मिनि ग्रिड रास्कोट अस्पताल गौतुकोटमा निर्माणको लागि प्रक्रिया अघि बढेको ।
च. स्वास्थ्य संस्था, विद्यालय, नगर कार्यालय सवैमा सोलार १५० वाट देखि २५०० वाट सम्मको शौर्य उर्जा व्यवस्थापन गरिएको ।
छ. ३३ KVA राष्ट्रिय प्रशारण लाईनको सव-स्टेशन निर्माण प्रकृया अगाडी बडेको ।
ज. नेपाल टेलिकमका ३ वटा टावर निर्माण सम्पन्न भएको ।
झ. नगर कार्यालयमा मिनि डाटा सेन्टर निर्माण गरि नगरपालिका अन्तर्गतका सम्पुर्ण कामलाई एकद्वार विद्युतिय प्रर्णाली वाट सेवा संचालन हुने गरि कार्य सुरु गरिएको ।
ञ. डिजिटल/विद्युतिय नगर प्रोफाईल निर्माण भएको ।
३. खानेपानी तथा सरसफाई
क. कर्णाली प्रदेश सरकार, नगरपालिका र युनिसेफ हेल्भाटास को संयुक्त लगानीमा एक घर एक धारा अभियान सञ्चालन भई नगरपालिकाका २८३६ घरघुरी मध्ये १२६० वटा घरधुरीमा पानी धारा जडान भएको र यो वर्ष १००० घरघुरीहरुमा धारा पुग्ने र वाँकी घरघुरीहरूमा क्रमशः विस्तार गर्ने योजना (रास्कोट बृहत खानेपानी) कार्यान्वयनमा रहेको ।
ख. रास्कोट नगरपालिका भित्र खानेपानी उपभोक्ता संस्था निर्माण भई खानेपानी तथा सरसफाई सम्बन्धी सम्पूर्ण कार्यहरु एकद्वार प्रणालीबाट शुरु गर्ने कार्य आरम्भ भएको ।
ग. नगरपालिकाका ९ वटै वडा कार्यालय, प्रत्येक घरधुरी, शिक्षण संस्था, स्वास्थ्य संस्था लगायत सार्वजनिक स्थानहरुको खानेपानी, सरसफाई सम्बन्धी समिति गठन प्रक्रिया शुरु भई युनिसेफ नेपाल, हेल्भाटास नेपाल र नगरपालिकाको संयुक्त लगानीमा कार्य भईरहेको ।
घ. वडा नं ९ लाई पूर्ण सरसफाईयुक्त वडा घोषणा गरिएको ।
ङ. आरसिपि बजार, खेतगाउँ र गोर्खालीगाउँ खानेपानी आयोजनाको निर्माण सम्पन्न ।
च. नगरपालिका अन्तर्गतका पुराना खानेपानी योजनाहरुको मर्मत सम्भार कार्य गरि नयाँ र पुराना योजनाहरुको समायोजन गरिएको ।
छ. नगरपालिकाका विभिन्न ५ वटा स्थानमा सार्वजनिक शौचालन निर्माण भई प्रयोगमा आएको ।
ज. पूर्ण सरसफाई टोल निर्माणका लागि जनचेतनामूलक गोष्ठी, तालिम तथा अभियानहरु संचालन गरिएका ।
झ. गुणस्तरिय खानेपानी व्यवस्थापनका लागि पानीको चेकजाँच प्रक्रिया सुरु गरि नगरपालिकामा ल्याब स्थापना र उपभोक्ता सँस्थाहरुमा चेकजाँच किट उपलब्ध गराई नियमित चेकजाँच प्रक्रिया सुरु भैरहेको ।
ञ. खानेपानी तथा सरसफाई स्वच्छता सम्वन्धी ऐन नियमहरु निर्माण गरिएको ।
ट. पुर्ण सरसफाई युक्त टोल घोषणा कार्य निरन्तर चलिरहेको ।
ठ. हेल्भाटास नेपाल र रास्कोट नगरपालिकाको साझेदारीमा वडा नं. १ मा २२५ धारा निर्माणको काम सम्पन्न भएको र वडा नं. १, ५ र ८ मा २७७ धारा निर्माणाधिन साथै १२३ धारा पाईपलाईनमा रहेको ।
ड. जिबन प्रबर्धन कार्यक्रम निरन्तर संचालन मा रहेको।
४. अन्य भौतिक संरचना निर्माण
क. रास्कोट नगरपालिकाको २४ कोठे प्रशासकीय भवन निर्माण भइरहेको ।
ख. नगरपालिकाको अस्थायी ४ वटा सभा हल तथा वडा कार्यालयमा ६ वटा अस्थायी वडा सभा हल निर्माण भएको ।
ग. एकीकृत बस्ती बिकाश कार्यक्रम अन्तर्गत 106 घर निर्मण सम्पन्न भयको र १०० घर निर्माणाधीन रहेको।
घ. ४ कोठे सहिद स्मृति भवन र सभा हल निर्माण गरिएको ।
ङ. नगरपालिका भित्र ३५ वटा मन्दिहरुको निर्माण गरिएको ।
च. २ वटा सीप विकास भवन र साझा सुविधा भवन निर्माण गरिएको ।
छ. दर्शनार्थीहरुको सुविधाका लागि सम्भुनाथ मन्दिर परिसर तथा वडीमालिका मावि, जनजागृति मावि, आर.सी.पी वजारमा प्याराफिट निर्माण गरिएको ।
ज. शम्भुनाथ मन्दिर, देउरामालिका मन्दिर मा धर्मशाला निर्माण गरिएको ।
झ. धुवानेछहरा घाट स्थल निर्माण गरिएको ।
ञ. सान्तिघाटमा रास्कोट नगरपालिका प्रवेश द्वार निर्माण।
५. शिक्षा
क. सरोकारवाला निकायहरुको संलग्नतामा ३३ बुँदे रास्कोट शैक्षिक सुधार योजनाको घोषणापत्र जारी गरिएको ।
ख. नगर शिक्षा समिति गठन भई आफ्ना गतिविधि संचालन गरेको ।
ग. नगरपालिकाभित्रका सबै विद्यालयको परीक्षा एकद्धार प्रणालीबाट गरिएको ।
घ. नगरपालिका, विद्यालय प्रअहरु र शिक्षक विच कार्यसम्पादन सम्झौता गरि कार्यान्वयन भईरहेको ।
ङ. शिक्षक विद्यार्थी अनुपात र भौतिक पूर्वाधारको आधारमा नगरपालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउन विद्यालयहरुलाई अनुदान वितरण गरिएको ।
च. नगर स्वयंसेवक शिक्षकहरुको व्यवस्था गरि अनुदान प्रदान गर्ने गरिएको ।
छ. शैक्षिक संस्थाहरुका भवन निर्माण, फिल्ड निर्माण र स्वच्छ खानेपानीको निर्माण गरिएको ।
ज. २ वटा नमुना वालविकास केन्द्र स्थापना गरिएको ।
झ. ४ वटा मावि, १० वटा निमावि, ५ वटा आवि, ३ वटा वाविके हरुको पक्की भवन निर्माण गरिएको ।
ञ. सवै विद्यालयहरुमा वाल तथा अपाङ्गमैत्री शौचालय र खानेपानी निर्माण गरिएको ।
ट. रास्कोट गुणस्तरिय विशेष शिक्षा कार्यक्रम संचालन गरि कार्यान्वयनमा रहेको ।
ठ. इन्ट्रानेट निर्माण गरेर डिजिटल शिक्षा प्रणाली बिकाश गरि कार्यान्वयनमा रहेको।
६. आर्थिक विकास तथा वित्तीय व्यवस्थापन
क. नगपालिकाको पहलमा रास्कोटमा ग्लोबल आइ.एम.इ. बैंक स्थापना भइ नगरपालिका र जनसमुदायको लागि सहज बैंकिङ सेवा प्राप्त भएको ।
ख. रास्कोट नगरपालिकाले सेवा प्रदायक संस्था मार्फत युवा स्वरोजगार कार्यक्रम संचालन गरेको ।
ग. स्थानीय सरकार, सहकारी क्षेत्रको साझेदारीमा सामुदायिक एग्रोभेट, सुफत मुल्य पसल स्थापना तथा संचालन गरिएको ।
घ. वडा नं. १ र ९ मा बोयर बाख्राको स्रोत केन्द्र स्थापना ।
ङ. कृषि संकलन केन्द्र, कोल्ड स्टोर निर्माण गरिएको ।
च. किसान वाली पात्रो निर्माण, किसान क्रेडीट कार्ड र कृषि विशेष कार्यक्रम संचालनको प्रक्रियामा रहेको ।
छ. किसानहरुलाई प्रविधि तर्फ उन्मुख गर्दै थ्रेसर मेसिन, हाते ट्याक्टर तथा अन्य कृषि उपकरणहरु वितरण गरिएको ।
ज. स्याउको जोन तथा ओखरको व्लक एवं वडावाईज पकेट क्षेत्र स्थापना भएको ।
झ. १ वटा सामुदायिक कृषि प्रशारण केन्द्र स्थापना र ८ वटा वडामा स्थापनाको लागि आवश्यक तयारी रहेको ।
ञ. आशा कार्यक्रम मार्फत हरेक घरधुरीमा करेशावारी तथा पोषण सम्वन्धि कार्यक्रम संचालन गरिएको ।
ट. आशा कार्यक्रम, यु.एन.डी.पी, ए.एस.डी.पी, लगाएतका साझेदार संस्थाहरुको र नगरको साझेदारीमा आयआर्जन कार्यक्रमहरु संचालन गरिएको ।
ठ. कृषि पेशालार्इ प्रोत्साहन गर्न कृषकहरुलाई अनुदान कार्यक्रम संचालन गरिएको ।
ड. वार्ड न ८ मा केतुकी रेशा प्रोसोधन उद्योग स्थापना गरियको।
ढ. वार्ड न ३ मा ह्याचरी उद्योग स्थापना गरियको।
ण. आ.व. २०७४/०७५ मा हाई र्डेन्सीटी एप्पलको परिक्षण कार्य सम्मन्न गरिएको ।
त. रास्कोट नगरपालिकाको नडी ज्यूलामा कर्णाली नदि देखि लिफ्ट सिंचाइ प्रणालीको सुरुवात गरिएको ।
थ. श्रम रोजगार वैंकको स्थापना गरि श्रममा आधारित आयआर्जन कार्यक्रम अगाडी वडेको ।
द. वार्ड न ३ मा माटोको भाडा उत्पादन गर्ने उद्योग स्थापना गरियको।
ध. वार्ड न ४ मा पशुपन्छी दाना उद्योग स्थापना गरियको।
न. वार्ड न ९ मा राडी पाखी काम्लो उद्योग स्थापना गरियको।
ऩ. १२ जनाको नगर सडक मर्मत समूह निर्माण गरी नगरको सडकको नियमित मर्मत कार्यमा परिचालन गरिएको ।
प. कृषि संकलन केन्द्रको निर्माण र हाट बजार केन्द्र स्थापना |
फ. एक वडा एक कृषि उत्पादन कार्यक्रम संचालन |
ब. एकीकृत बजार व्यवस्थापनका लागि कम्प्लेक्स निर्माण प्रक्रिया मा रहेको।
७. स्वास्थ्य तर्फ
क. २५ शैप्या क्षमता भएको १५ शैयाको रास्कोट अस्पताल संचालन मा ल्यायको ।
ख. नगरपालिका स्तरिय फार्मेसीको स्थापना गरिएको ।
ग. नगरपालिकाले स्वास्थ्य सेवालाई सरल र प्रभावकारी वनाउन एम्वुलेन्स संचालन मा ल्यायको ।
a. नगरपालिका अन्तर्गत स्वास्थ्य चौकी स्यूनामा ल्याव स्थापना गरि संचालनमा ल्याएको ।
घ. स्वास्थ्य सेवालाई प्रभावकारी तथा गुणस्तरीय वनाउन आवश्यक जनशक्तीको व्यवस्थापन गरेको ।
ङ. सम्पुर्ण स्वास्थ्यमा आवश्यक पर्ने ‍औषधिहरुला नियमित आपुर्ती गरिएको ।
च. नगरका सम्पुर्ण वडा कार्यालयमा रहेका महिला स्वास्थ्य स्वंम सेविकाको मातहतमा रहने गरि र ईलाका प्रहरी कार्यालय स्यूनालाई आवश्यक स्टेचर वितरण गरीएको ।
छ. रास्कोट आयूर्वेद ‍औषधालयलाई नयाँ भवनवाट सेवा प्रवाहको व्यवस्था मिलार्इएको ।
ज. शैक्षिक संस्थाहरुमा स्वास्थ्य सम्वन्धी सचेतकनामूलक कार्यक्रम संचालन गरिएको ।
झ. प्रत्येक स्वास्थ्य संस्था मार्फत गर्भवती भएका महिलाहरुलाई पोषण सम्वन्धी सामाग्री वितरण गरिएको ।
ञ. कुपोषण न्यूनीरण अभियान संचालन गरिएको ।
ट. नगरपालिकाका केही वस्तीहरुमा जिवन प्रवदर्द्धन कार्यक्रम संचालन गरी वायो फिल्टर वितरण गरिएको र करेशावारी,जुठ्यान व्यावस्थापन तथा शौचालयको नियमित प्रयोग तथा सरसफा कार्यहरु संचालन गरिएको ।
ठ. रास्कोटलाई नगरपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणाका लागि आवश्यका कार्य संचालन भएको ।
ड. नगरपालिका अन्तर्गतको वन जंगल संरक्षणका लागि ५ वटा नर्सरी स्थापना गरीएको ।
ढ. रास्कोट वन संरक्षण समिति गठन तथा परिचालन भएको ।
ण. २ वटा स्वास्थ्य चौकीहरुमा वालमैत्री शिक्षण सामाग्री सहित ईसीडी कर्नर निर्माण गरिएको ।
त. १५ शैया अस्पतालको भौतिक संरचना निर्माण भईरहेको ।
थ. ६ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गरि सेवा संचालन भैरहेको ।
द. २ वटा बर्थिङ सेन्टर निर्माण गरि संचालन भएको ।
ध. ३ वटा स्वास्थ्य चौकीमा रहेका बर्थिङ सेन्टरहरुलाई स्तरोन्नती गरिएको ।
८. नगरपालिकालाई आवश्यक पर्ने १८ वटा कानून निर्माण गरी राजपत्रमा प्रकाशन गरेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित