जनसेवा पदकबाट सम्मानित महतलाई कालीकोटमा अभिनन्दन

7
SHARES
15
VIEWS

कालीकोट । स्वस्थ्य क्षेत्रमा ३२ वर्ष सम्म काम गर्दै आउनु भएका जनस्वस्थ्य अधिकृत कटक महतलाई अभिनन्दन गरिएको छ । अखिल नेपाल जनप्रगतिशिल स्वस्थ्यकर्मि महासंघ कालीकोटले नव वर्ष २०७९को अवसरमा शुभकामना आदान प्रदान संगै अभिनन्दन गरेको महासंघका जिल्ला सचिव प्रकाश अधिकारीले बताउनु भएको छ ।

पाचौं जिल्ला सम्मेलनबाट निर्वाचित नेपाल राष्ट्रिय कर्मचारी महासंघ, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला कार्य समिति कालीकोटका पदाधिकारीले े नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रिय सचिवालय सदस्य तथा कर्नालि प्रदेशका इन्चार्ज समेत रहेका महतलाई २०७८ सालको असोज महिनामा संविधान दिवसको अवसरमा जनसेवा श्रीबाट विभुषित गरिएकोमा नव वर्ष २०७९को बैशाख १ गतेका दिन विभुषिण हस्तान्तरण गरिएको थियो ।

कालीकोटबाट राष्ट्रिय स्तरको विभुषित हुनेमा कालीकोट जिल्ला स्वस्थ्य कार्यालयका जनस्वस्थ्य अधिकृत समेत रहेका कटक महत मात्र हुन । अभिनन्दन कार्यक्रममा राम्रो काम गर्नेले जहिले पनि सम्मान पाउने गरेकाले स्वस्थ्य क्षेत्रमा पनि अन्य कर्मचारीले दत्तचित्त भएर काम गर्नु पर्नेमा जोड दिएका छन ।

अभिनन्द गरिएकोमा कटक महतले कर्मचारी संगठनलाई धन्यवाद दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित