शुभकालिकामा माओवादी केन्द्रका अध्यक्षमा गोबिन्द र उपाध्यक्षमा गिता सर्बसम्मत

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा( माओवादी केन्द्र) शुभस्कालिकामा लामो रस्साकसी पछि अध्यक्ष र उपाध्यक्ष सर्बसम्मत भएका छ्न ।जसमा अध्यक्षमा गोबिन्द आचार्य र उपाध्यक्षमा गिता बुढा छनोट गरिएको बताइएको छ ।
यस अघि जय बहादुर महतारा र दिपक चौलागाईंले अध्यक्षमा दाबी गरेका थिए ।त्यसै गरी उपाध्यक्षमा मनजित शाही र जगत चौलागाईंको दाबी रहेपनी अन्तमा सहमति भएको भिम प्रसाद आचार्यले बताए।
जिल्लाका तीन स्थानीय तह तिलागुफा नगरपालिका ,महाबै र शुभकालिका सहमति भपनी अन्य स्थानीय तहमा बिबादास्पद देखिएको छ । रास्कोट लगाएतका स्थानीय तहमा आन्तरिक प्रतिस्पर्धा बाट उम्मेदवार छनोट गर्ने प्रक्रियामा पुगेको बताइएको छ ।सान्नित्रीबेणिमा ६ जनाबाट तिनजनामा झरेको छ ।
रास्कोट,खांडाचक्र नगरपालिका,नरहरिनाथ,पचालझरना र पलातामा विवाद देखिएको र छलफल जारी रहेको बताइएको छ । नेकपा(माओवादी केन्द्र)कर्नाली प्रदेशले स्थानीय तहबाट टुङ्गो लगाउन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित