माओवादी केन्द्र : रास्कोटमा तीन जना सिफारिस ! कस्को सम्भावना कति ?

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)रास्कोटले तीन जनाको नाम सिफारिस गरेको छ ।लामो छलफल पछि रास्कोट नगर कमिटीको बैठकले तीन जनाको नाम सिफारिस गरेको छ ।
जसमा प्रदेस कमिटी सदस्य काली बहादुर महतारा (रबिन्स),नगर कमिटी अध्यक्ष धर्मराज शाही(पोषण)र जगत शाही( शिखर)लाई सिफारिस गरेको बताइएको छ । गाउँ कमिटी उपाध्यक्ष पदम खड्काका अनुसार गाउँ कमिटीमा अल्पमत बहुमतले एक आपसमा फाटो ल्याउने भएकाले गाउँ कमिटीको बैठकको निर्णय अनुसार तीन जनालाइ सिफारिस गरिएको बताउनु भएको छ ।
यस अघि नगर उपप्रमुख मिमसरा बम,भैरे बिक,पदम खड्का,बिष्णु बराल सहित ७ जना आकांक्षी भएपनी अन्तिममा तिन जनालाई सहमति दिएको र तीन जना बिच एक आपसमा सहमती नभएपछि तीन जनालाइ नगर प्रमुख र ४ जनालाइ उपप्रमुखमा सिफारिस गरिएको बताइएको छ । उपप्रमुखमा प्रमिला योगि, बिरिन्द्रा उपाध्यय, हजा सुनार र मन्नसरा न्यौपानेलाइ सिफारिस गरिएको उपाध्यक्ष खड्काले कर्नाली संचारलाइ बताउनु भएको छ ।
अहिले सम्म जिल्लाका महाबै,शुभकालीका गाउँ पालिका र तिलागुफा नगरपालिकामा नेकपा(माओवादी केन्द्र)ले उम्मेदवार सर्बसम्मत गरेको भएपनी अन्य पालिकामा बिबाद कायमै रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित