नेश्नल माइक्रो फाइनान्सद्वारा हमालका परिवारलाई ९ लाख २० हजार बिमा रकम

7
SHARES
15
VIEWS

कालीकोट ।तिलागुफाको नाग्ममा एक सदस्यलाइ नेश्नल माइक्रो फाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले मृतकका घरपरिवारलाई नौ लाख बीस हजार बिमा रकम हस्तान्तरण गरेको छ ।
गएको वर्ष नेपालगंजमा मोटरसाइकल दुर्घटनामा परेर ज्यान गुमाएका कुशराज हमालको मृत्यु भएको थियो । मृतक हमालका धर्मपत्नी बसन्ती शाही हमाललाइ ९ लाख २० हजार बिमा रकम हस्तान्तरण गरिएको बताइएको छ ।
गएको वर्ष कत्तिक महिनामा समूह बाट ४ लाख कर्जा लिएका हमालले दुर्घटना बापत बिमा रकम हस्तान्तरण गरिएको नेस्नल माइक्रो फाइनान्स लघुबित्त बित्तिय संस्था लिमिटेडका शाखा कार्यालय नाग्मका प्रबन्धक महनबिर शाहिले बताए ।उनका अनुसार आज नाग्म बजारमा आयोजित कार्यक्रममा तिलागुफा नगर पालिका वडा नम्बर १ का वडाअध्यक्ष दल बहादुर कटुवालको उपस्थितिमा हमाललाइ हस्तान्तरण गरिएको हो ।
यस अघि हिमचुली कृषि सहकारी संस्था लि.ले कर्जा बिमा बापत रकम हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित