पलांता अध्यक्ष बमका सहयोगि रखम बुढा प्रहरी नियन्त्रणमा

7
SHARES
15
VIEWS

कालीकोट,असार ।सामाजिक संजाल मार्फत अभद्र व्यवहार गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय कालीकोटले नियन्त्रणमा लिएको छ ।

जिल्लाको पलांता गाउँ पालिका वडा न.४ का रखम बुढालाई जाहेरीका आधारमा आज नियन्त्रणमा लिएको प्रहरी निरिक्षक यज्ञराज जैसीले बताउनु भएको छ । वहांले भन्नु भयो एक जना महिला भाथि अभद्र व्यवहार गरेका कारण जाहेरीका आधारमा निजलाई नियन्त्रणमा लिएको बताउनु भएको छ । प्रक्रिया अनुसार अगाडी बढ्छ । अपराध अनुसार कार्वाही हुनेमा दुइ मत नभएको निरिक्षक जैसिको भनाई रहेको छ ।

सामाजिक संजालमा धम्क्याउने रखम बुढा पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बमको सहयोगिका रुपमा काम गर्दै आएका थिए । उनले पलांता गाउँ पालिका निवासि जलशा बुढालाई ज्यान मार्ने धम्कि दिएकाले न्याय माग्दै जलशा बुढाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस अघि पलांतामा भएको विवादका बारेमा टिका टिप्पणिका क्रममा फेक आइडि मार्फत जयलाल न्यौपाने सहित ११ जनालाई अभद्र व्यवहार सहित ज्यान मार्ने धम्कि दिएका थिए । रखम बुढाले पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बमको आडमा पटक पटक फेक आइडि मार्फत धम्क्याउदै आएको पलांताका राज बहादुर बुढाले बताए । उनले भने यस अघि पनि पलांताका कयौंलाई विना कारण गालि तथा ज्यान मार्ने धम्कि दिदै आएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित