कालीकोट ।नेकपा(माओवादी केन्द्र)बाट प्रबेश गरेका नेकपा( माओवादी केन्द्र)का अनन्त बिक( राजेश) पालिका अध्यक्ष र विद्यार्थी नेतृ जलशा बुढाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन । राजेश दुई दिन अघि माओवादी केन्द्रबाट टिकट नपाएपछी एमालेमा प्रवेश गरेका हुन भने जलशा बुढा पलाता गाउँ कमिटीले सिफारिस नगरेपछी एमालेमा एक साता अघि प्रबेश गरेकि हुन । यस अघि राज बहादुर शाही र जलशा बुढालाइ उम्मेदवारको सिफारी!गरिएको भएपनी राजेश प्रवेश गरे संगै परिवर्तन भएको बताइएको छ । पलातमा एकिकृत समाजवादी बाट नमराज सिंह,नेपाली कांग्रेस बाट केशरसिंह बम र माओवादी केन्द्र बाट बिष्णु रोकाया( इन्द्र)ले उम्मेदवारी दिएको बताइएको छ ।
Discussion about this post