विप्लव नेकपाले कालीकोटका कुन कुन ठाउँमा दियो उम्मेद्धारी ? पूर्व सांसद देखि केन्द्रिय सदस्य समेतको उम्मेद्धारी दर्ता

7
SHARES
15
VIEWS

कालीकोट । विगतको स्थानिय तहको निर्वाचनमा शसक्त बहिस्कार गरेको विप्लव नेकपा कालीकोटले विभिन्न ठाउँमा उम्मेद्धारी दिएको छ ।

उक्त पार्टीका केन्द्रिय सदस्य देखि अन्य जिल्ला स्तरका नेताहरुले उम्मेद्धारी दिएका छन । नरहरिनाथ गाउँ पालिकामा अध्यक्षका उम्मेद्धार एटम विसि रहेका छन भने उपाध्यक्षमा कलशा विक(शान्ति) रहेकी छन उनि प्रकाण्डका भाईबुहारी हुन ।

रास्कोट नगरपालिकामा नगरप्रमुखमा पूर्व सांसद धिरिन्द्रा उपाध्यय(भृकुटी), उपप्रमखमा फुलटौरा विक(छाया) रहेकी छन भने खांडाचक्र नगरपालिकामा नगर प्रमुखमा हस्त विक रहेका छन भने तिलागुफा नगरपालिकामा रमेश चंदारा र उपप्रमुखमा धनराज शाहीले उम्मेद्धारी दर्ता गरेका छन ।

त्यसै गरी पचालझरना गाउँ पालिकामा जिल्ला सचिव मनिलाल ऐडी अध्यक्षमा उम्मेद्धारी दिएका छन भने उपाध्यक्षमा विनित सिंह तिरुवा रहेको बताइएको छ पलांता गाउँ पालिकामा पदम विक(शाहसि) अध्यक्षका उम्मेद्धारी दिएको बताइएको छ ।महाबै गाउँ पालिकामा अध्यक्षमा धनबहादुर सिंह,शुभकालिकामा मनिश विक अध्यक्षमा उम्मेद्धारी दिएका छन भने सान्नित्रिवेणि गाउँ पालिकाबाट रुपसिंह बोहोराले अध्यक्षमा उम्मेद्धारी रहेको छन भने उनि संगै बागि समेत दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित