माओवादी नेता तथा पूर्व मुख्यमन्त्रि शाही कालीकोटमा,पार्टीका बागि उम्मेद्धारलाई फिर्ता लिन निर्देशन

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा पूर्व मुख्यमन्त्रि महेन्द्र बहादुर शाही कालीकोट आइपुगेका छन ।

पछिल्लो समय जिल्लामा पार्टी भित्र विवाद बढेर उत्कर्षमा बढिरहेको बेला समस्या समाधान गर्न कालीकोट आइपुगेका शाहीले पार्टी भित्र र बाहिर छलफल जारी राखेका छन । जिल्लामा गठबन्धन दलहरुका साथै पार्टीका नेता तथा कार्यक्रताहरुलाई स्थानिय तहको निर्वाचनमा व्यापक मात्रामा छलफल गरेर टुंगोमा पुगाउने गरी छलफल जारी रहेको बताइएको छ ।

स्थानिय तहको निर्वाचनमा सहभागि गठबन्धन दलहरुको विच प्रदेशमा भएको सहमतिलाई कार्यन्वयन गर्ने गरी अघि बढिरहेको नेकपा(माओवादी केन्द) कालीकोटका संयोजक लक्ष्मि प्रसाद चौलागाई(शैलेन्द्र)ले बताउनु भएको छ । वहाँका अनुसार आजै पार्टीका नेताहरुले विभिन्न पदमा दिएको बागि उम्मेद्धारहरुलाई पार्टीको निर्देशनमा उम्मेद्धारी फिर्ता लिन निर्देशन दिने निणर्य भएको बताइएको छ ।

मंगलबार जिल्ला सदरमुकाम मान्ममा उपलब्ध केन्द्रिय सदस्य तथा अन्य नेताहरुको उपस्थितिमा बसेको बैठकले उक्त निणर्य गरेको बताएका छन ।व्यापक मात्रामा चुनावि अभियान तिव्र पार्ने र पालिका स्तरमा बृहत जनसभा गर्ने समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित