नरहरिनाथ गाउँ पालिकामा आंखा उपचार केन्द्र संचालन

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथ गाउँ पालिकामा  सामुदायिक उपचार केन्द्र संचालन भएको छ । नेपाल नेत्रज्योती संघ कालीकोट तथा हिमालय आँखा अस्पताल घारिपाटन पोखरा को प्राबिधिक सहयोगमा आखां उपचार केन्द्र  संचालन भएको हो ।

नरहरिनाथ गाउँ पालिका निर्वतमान अध्यक्ष धिर बहादुर विष्ट र उपाध्यक्ष मनशोभा बुढाको उपस्थितिमा उद्घाटन गरिएको आखां उपचार केन्द्र नरहरिनाथ गाउँ पालिकाका प्रसासकिय अधिकृत धर्मराज बुढा,स्वास्थ्य शाखा कुमालगाउँका संयोयोजक अमर बटाला,स्वास्थ्य केन्द्र कुमालगाउँका ईन्चार्ज मन बहादुर सहकारी,हिमालयन आँखा केन्द्र पोखराका सन्तोस बराल र बिष्णु प्रसाद काफ्लेका साथै आँखा उपचार केन्द्रमा कालिकोटका प्रमुख डबल अधिकारीको समेत उपस्थिति रहेको छ । बुधबार विहान एक कार्यक्रमबा विच सामुदायिक आंखा उपचार केन्द्रका लागि आवश्यक पर्ने सामाग्रि हस्तान्तरण गरिएको बताइएकोृ छ ।

नरहरिनाथ गाउँ पालिकामा रहेका बुद्धहरुलाई उक्त आँखा  उपचार केन्द्र बाट फाइदा लिन निर्वतमान अध्यक्ष विष्ठटले अनुरोध गरेका छन । सामुदायिक आँखा  उपचार केन्द्र संचालनका लागि निवर्तमान अध्यक्ष विष्टलाई जांदा जांदै समुदायको हितमा ठुलो सेवा हुने काम गरेको नरहरिनाथ बासिले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित