रास्कोटमा माओवादी उम्मेदवार माथी कांग्रेस कार्यक्रता द्वारा सांघातिक आक्रमण

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)का रास्कोट नगर पालिकाका ५ नम्बर वडा सदस्य रत्नमान रोकाया माथी सांघातिक आक्रमण भएको छ । चुनाब प्रचारप्रसारमा गएका रोकाया वडा नम्बर ५ का खुला सदस्यका उम्मेदवार हुन ।गएराती रोकाया माथी रानागाउ निबासी गनेश बमले आक्रमण गरेको पिडितले आरोप लगाएका छ्न । नेपाली कांग्रेसका स्थानीय नेता महेश बम र अनिपाल बमको निर्देशनमा आक्रमण भएको स्थानीयले बताए । रोकायाको टाउकोमा फलामको रड प्रहार गरेको बताइएको छ । आक्रमणमा सहभागी दुई जनालाई इलाका प्रहरी कार्यालय स्युनाले नियन्त्रणमा लिएको छ। घाइते रोकायाको उपचार रास्कोट नगर अस्पतालमा भइरहेको छ । स्वास्थ अवस्था गम्भीर रहेको बताइएको छ ।नेकपा माओवादी केन्द्र रास्कोटले आफ्ना उम्मेदवार माथी भएको सांघातिक आक्रमणको भत्सर्ना गर्दै दोषी माथी कडा कार्बाहिको माग गरेको छ । नेपाली कांग्रेसले भने सो घटनाको बारेमा केही प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित