पचालझरनाको तिखात्तिमा माओवादी कार्याक्रता माथि आक्रमण,रास्कोट अस्पतालमा उपचार हुंदै

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको वडा न.९ स्थित तिखात्तिमा मतदाता धम्काउने नेपालि कांग्रेस,एमाले सम्बद्ध दलहरुका प्रतिनिधिहरु स्वतन्त्र उम्मेद्धारका आफन्तले आक्रमण गर्दा ११ जना घाईते भएका छन । नेकपा(माओवादी केन्द्र) पचालझरना गाउकमिटी सदस्य तथा वडा न.९का अध्यक्ष केश बहादुर शाही,नेकपा(माओवादी केन्द्र) सुर्खेत कालीकोट सम्पर्क मंचका संयोजक हिक्मत शाही लगाएत ११ जना घाईते भएको बताइएको छ । घाईतेहरुको रास्कोट नगर अस्पतालमा उपचार भईरहेको छ । नेपालि कांग्रेस र स्वतन्त्र उम्मेद्धार सक्कल शाहीका कार्यक्रताहरुले गएराति मतदातालाई धम्कि दिदै गरेको अवस्थामा पुगेको अवस्थामा नेपालि कांग्रेस,एमाले कार्यक्रताहरुले चक्कु प्रहार गर्दा घाईते भएको र आफुहरु रास्कोट नगर अस्पतालमा उपचारमा रहेको घाईत केश बहादुर शाहीले बताएका छन । नेकपा (माओवादी केन्द्र) पचालझरना गाउँ कमिटिले उक्त घटनाको भत्सर्ना गर्दै दोषि उपर कार्वाहीको माग गरेको छ । उता नेपालि कांग्रेसले आफ्ना कार्यक्रता बसेको घरमा एका एक आक्रमण गरेको आरोप लगाएको छ । उक्त घटनाका बारेमा के कसरी भएको हो भन्ने बारेमा सहदेव बमलाई सम्पर्क गर्न खोज्दा मोबाइल अफ गरिएको छ ।यस अघि रास्कोट,खांडाचक्रको पांखा,सान्नित्रीबेणिको रकुमा पनि राजनैतिक दलका कार्यक्रता बिच झडप भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित