कालीकोट ।स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय कालीकोट बाट हुने दैनिक सेवाहरु ५ दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद प्याकुरेल द्वारा हस्ताक्षरित सुचनामा कार्यालयबाट प्रदान गरिने राहादानी,नागरिक्ता लगाएतका कामकारबाहीहरु बैशाख ३० गते सम्म स्थगित भएको उल्लेख गरिएको छ ।त्यसै गरी मतदान संगै मतगणना नहुंदा सम्मका लागि मदिरा बेचबिखनमा समेत रोक लगाइएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।
Discussion about this post