रास्कोट नगरपालिकामा ८० प्रतिशत काम सम्पन्न गरेको मेयर बरालको दावि,जनतालाई धन्यवाद

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले आफुले जनताका माझमा गरेका प्रतिवद्धता अनुसार ८० प्रतिशत काम गरेको बताउनु भएको छ ।

कार्यकाल सकिनु भन्दा अघिल्लो दिन रास्कोट बासिलाई धन्यवाद दिदै मेयर बरालले आफ्नो कार्यकालमा रास्कोट बासिले गरेको सहयोग कहिल्यै नविर्सिने र भोलिका दिनमा रास्कोट बासिको साथमा रहने बताउनु भएको छ ।

आफ्नो फेसबुक मार्फत पोष्ट गर्दै मेयर बरालले कालीकोट जिल्लाको सम्बृद्धिका लागि जस्तो पनि जिम्मेवारी लिन तयार रहेको बताउनु भएको छ । वहाँले आफ्नो सन्देश मार्फत यस्तो बताउनु भएको छ ।
जुन निम्नानुसार रहेको छ । जस्ताको त्यस्तै :
आदरणीय रास्कोट निबासी आमा बुबा दाजुभाइ दिदिबहिनीहरु ,
मेरो नेतृत्वमा रहेको नगर सरकारको ५ बर्षे कार्यकालमा रात दिन खट्नु हुने कर्मचारी मित्रहरू,सहयात्री जनप्रतिनिधि साथिहरु, एवं सबै राजनैतिक दलका मित्रहरू, शिक्षक वुद्विजीवि ,ब्यापारी, प्रशासन, सुरक्षाकर्मि , विकास साझेदार सस्था, आम रास्कोट एव कालिकोटवासी समुदाय लगायत देश विदेशवाट जो जो ले जुन जुन ठाउँ बाट सक्दो सहयोग गर्नु भयो सबै प्रति हार्दिक आभार सहित नमन् प्रकट गर्दछु ।
सरकारको पहिलो अभ्यास भएकाले काम गर्ने क्रममा राम्रो गर्न अथक प्रयास गर्दा गर्दै आत्मगत तथा वस्तुगत कारण केही नगन्य कमि कमजोरी भयका छन् त्यसबाट गहिरो पाठ सिक्दै भावी दिनमा जनताकै माझमा रहेर झन सकृयताकासात् विशाल घेरामा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै नव निर्बाचित जन प्रतिनिधिहरूको साथमा अनुभवको साँटासाट गरेर सहकार्यमा रहने छु ।
हामी निर्वाचित हुदा गरेका प्रतिवद्वतामा ८०प्रतिशत काम सम्पन्न भएका छन । पहिलो स्थानिय सरकारले अघिसारेका कयौ रणनैतिक महत्वका कामहरूको स्वमित्व लिन विशेष अपिल गर्दै कालिकोट जिल्लाको समृद्विका निम्ती जस्तोसुकै जिम्मेवारी लिन दिन तयार रहदै आउने नेतृत्वलाई वधाईका साथ यहाँहरूको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित