माओवादी प्रदेश सचिव वडा सदस्यमा निर्वाचित

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)कर्नाली प्रदेश सचीव धनजित शाही(आदर्श)वडा सदस्यमा निर्वाचित भएका छ्न ।शाहिले खांडाचक्र नगरपालिका वडा नम्बर १ बाट  खुला सदस्यमा २०२ मत ल्याएर बिजयी भएका हुन ।शाहिका प्रतिद्वन्दीले १२६ मत ल्याएको बताइएको छ । जिल्लाभर माओवादी केन्द्रले अग्रता ल्याएको अवस्थामा आफू जिल्ला समन्वय प्रमुखको लागि दाबेदार रहेको शाहीले बताउनु भएको छ । शाहिले प्रतिक्रिया दिदै आफुलाइ हराउनका लागि पार्टी भित्रका केही ब्यक्ति लागि परेपनी आफू सफल भएको र मतदाता सबैलाइ धन्यवाद दिनु भएको छ ।लामो समय जिल्ला संयोजक रहेर नेतृत्व गर्दै आएका शाहीले  पार्टीको कर्नाली प्रदेशको नेतृत्व गर्ने  जिम्मेवारीमा रहनु भएको छ ।खांडाचक्र नगरपालिका १ मा नेकपा(माओवादी केन्द्र)का धर्मराज ताम्राकारको प्यानल बिजयी भएको  छ ।२०७४ सालमा नेपाली कांग्रेसले जित हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित