पचालझरनाको खार्दुमा माओवादी केन्द्रका वडा अध्यक्षमा दिलिप विजयी,माओवादी केन्द्र अग्रता

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका वडा न.३को पुन मतदान केन्द्र रहेको खार्दुमा नेकपा(माओवादी केन्द्र)का वडा अध्यक्ष विजयी भएका छन ।
नेकपा(माओवादी केन्द्र)का तर्फबाट उम्मेद्धार रहेका जनयुद्धका घाईते कृपलाल कठायत(दिलिप) विजयी भएका हुन ।
विजयी कठायतले ३२३ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिद्धन्द्धि नेपालि कांग्रेसका धनसिंग ऐडीले २१७ मत ल्याएको बताइएको छ । पचालझरना गाउँ पालिकामा नेकपा(माओवादी केन्द्र)को अग्रता रहेको छ ।
नेकपा(माओवादी केन्द्र)का अध्यक्षका उम्मेद्धार देवराज शाही(अग्नि)ले सो वडा सम्म कुल मत ५१५ र माओवादी उपाध्यक्ष अल्किना बम(वविता)ले ५२२ मत ल्याएर अग्रतामा रहेका छ भने नेपालि कांग्रेसका टेक बोगटीले ३४२ र एमालेका उपाध्यक्ष रण रोकायाले २६५ मत ल्याएका छन । पचालझरनाको वडा न. १मा माओवादी केन्द्रले विजयी हांसिल गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित