माओवादी खांडाचक्र नगर कमिटी द्वारा जनप्रतिनिधिलाई सम्मान

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र)खांडाचक्र नगर कमिटीले पार्टी बाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ ।नगर कमिटी अध्यक्ष धनलाल अधिकारीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा खांडाचक्र नगरपालिका उपप्रमुख गणेश बहादुर शाही,६ जना वडा अध्यक्ष र २० जना सदस्यलाई दोसल्ला ओढाएर  सम्मान गरेको हो ।सो सम्मान्न कार्यक्रममा पार्टीका जिल्ला नेताहरुको उपस्थिति रहेको र जनप्रतिनिधिले जनता र पार्टी प्रती उत्तरदायी भएर लाग्न निर्देशन दिएको नगर कमिटी अध्यक्ष अधिकारीले बताउनु भएको छ ।यस अघि खांडाचक्र नगरपालिकामा माओवादी केन्द्रले २ वटा वडामा जित हांसिल गरेकोमा यस पटक ६ वडा सहित उपप्रमुख जितेको हो । नेकपा माओवादी केन्द्रले कालीकोट जिल्लाका पलाता गाउँ पालिका  अध्यक्ष र उपाध्यक्ष सहित ६ वडा,शुभकालिका गाउँ पालिकामा अध्यक्ष सहित तीन वडा,महाबै गाउँ पालिकामा अध्यक्ष सहित ४ वडा र  नरहरिनाथ गाउँ पालिमा उपाध्यक्ष सहित ४ वडामा जित हांसिल गरेको छ  । पचालझरना गाउँ पालिकाका ५ वडा र रास्कोट नगरपालिकामा ६ वडा जित हांसिल गर्दै अग्रतामा रहेका छ्न । जिल्लाका ४५ वडा अध्यक्ष समेत जितेको जिल्ला समन्वय समिति संयोजक लक्ष्मी चौलागाईंले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित