दैलेख वस दुर्घटनामा ४ को ज्यान गयो,१७ को उपचार सुर्खेतमा हुंदै

7
SHARES
15
VIEWS

कालीकोट । कालीकोट देखि नेपालगंज जाँदै गरेको म १ ख ६६० नम्बरको वस दैलेखमा दुर्घटना हुदा ४ जनाको ज्यान गएको छ । बुधबार राती घाइतेको उपचारका लागि उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घटनास्थलमा मृत्यु हुनेमा पलाता गाउँ पालिका ३ का ग्यान बहादुर बम र धनकला शाही रहेका छ्न भने दैलेख जिल्ला दुल्लु  नगरपालिका ९ पादुकाका काशिराम पांडे र धिरेन्द्र सुनार रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी तथा प्रहरी निरिक्षक नरेश बिकले जानकारी दिनु भएको छ । सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको र  अन्य १७ जनाको कर्नाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको प्रहरी निरीक्षक बिकले बताउनु भयो । वस सडक भन्दा ५० मिटर तल खसेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित