मतदातालाइ धन्यवाद दिन पचालझरनाको बांझकोट पुगे पुर्ब मुख्यमन्त्री शाही

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरनाका गाउँमा कर्नाली प्रदेशका पुर्ब मुख्यमन्त्री शाही मतदातालाइ धन्यवाद दिन पुगेका छ्न । यस अघि पचालझरना गाउँ पालिकाको खार्दुमा पुगेका कर्नाली प्रदेशका पुर्ब मुख्यमन्त्री शाही आज वडा नम्बर ५ को बांझकोट पुगेका छ्न । बांझकोट पुगेका शाहीले गाउँ पालिका भरी एक वडा बांझकोटका जनताले माओवादी प्रती देखाएको माया र सदभाबले आफुहरुले वडामा हारेपनी पालिकामा बहुमत ल्याएको दाबी गर्नु भएको छ। पचालझरना गाउँ पालिकामा माओवादी केन्द्र प्रतिको समुदायको माया ममता र समर्पणलाई आफू र आफ्नो पार्टीले उच्च सम्मान गर्ने बताउनु भएको छ । पचालझरना गाउँ पालिकामा माओवादी केन्द्रले वडा नम्बर ५ मा दुई सदस्य मात्र बिजयी भएको थियो ।सोही वडामा माओवादी केन्द्र बाट निर्वाचित जनप्रतिनिधिहरुलाइ स्वागत र नेतहरुले मतदातालाई बधाइ दिएको र आउदो दिनमा जनताका कामकारबाहीमा कुनै कमि हुन नदिने प्रतिबद्धता समेत गरेका छ्न । बांझकोट्मा पुर्ब मुख्यमन्त्री सहित नव निर्वाचित पालिका अध्यक्ष देबराज शाही,उपाध्यक्ष अल्किना बम लगाएतका जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित