कालीकोटका तीन पालिका,जहाँ प्रचण्ड पुगे त्यहां माओवादी केन्द्र बहुमत सहित बिजयी

7
SHARES
15
VIEWS

कालीकोट ।स्थानीय तहको निर्वाचन अघि हेलिकप्टर सहित सवार नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड पुगेर सम्बोधन गरेको पालिकामा माओवादीले बिजयी हांसिल गरेको छ ।गएको बैशाख २६ गते जिल्लाको  रास्कोट नगरपालिका ,पलाता,पचालझरना गाउँ पालिकामा एक साथ सम्बोधन गरेका प्रचण्डले छोटो समयमा सम्बोधन गरेका थिए ।पलाता र पचालझरनामा छोटो समय दिएका प्रचण्डले माओवादी केन्द्रक उम्मेदवारलाई भोट मागेका थिए । रास्कोटमा गठबन्धनलाई लामो समय सम्बोधन गर्दै गठबन्धनले जितेपछी आफू रास्कोटमा एक पटक अबस्य पुग्ने मतदाता बिच प्रतिबद्धता समेत गरेका थिए ।रास्कोट नगरपालिका प्रमुखमा माओवादी केन्द्रका धर्मराज शाही र उपप्रमुखमा एकीकृत समाजवादीका मनिराज बराल बिजयी भएका छ्न भने वडा स्तरमा ७ वडामा माओवादी,एक एक वडामा समाजवादी र नेपाली कांग्रेस बिजयी भएको छ भने २०७४ को स्थानीय निर्वाचनमा ४ वडा जितेको एमाले शून्य भएको छ । त्यसै गरेर पचलझरना गाउँ पालिकामा माओवादीका तर्फबाट अध्यक्षमा देबराज शाही र उपाध्यक्षमा अल्किना बम बिजयी हुनुका साथै पालिकाका ८ वडामा माओवादी प्यानल बिजयी भएको छ भने एक वडाका दुई सदस्य सहित एक वडा अध्यक्ष नेपाली कांग्रेस र एक सदस्यमा समाजवादी बिजयी भएको छ । पलाता गाउँ पालिकामा माओवादी केन्द्र बाट एमाले भएर चुनावी मैदानमा भिडेको अवस्थामा पनि माओवादी केन्द्रले ६ वडा सहित पालिका अध्यक्ष  बिष्णु रोकाया र  उपाध्यक्षमा अलैपुरा जैशि बिजयी भएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित