सहकारीमार्फत लैंगिक समानता विषयक प्रादेशिक गोष्ठी धनगढीमा शुरु

7
SHARES
15
VIEWS

 

धनगढी ।सुदूरपश्चिम प्रदेशका मूख्य मन्त्री त्रिलोचन भट्टले गाउका किसानद्धारा उत्पादित वस्तुलाई वजारसम्म पुरयाउने सवैभन्दा उपयुक्त माध्यम सहकारी भएको विचार व्यक्त गर्नुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजनामा सुदूरपश्चिम प्रदेशका लागि धनगढीमा आज २०७९ जेष्ठ १३ गते शुरु भएको सहकारीमार्फत लैगिक समानता विषयक प्रादेशिक गोष्ठीको प्रमुख अतिथिको रुपमा उद्घाटन गर्दै मन्तव्यका क्रममा वहाले उक्त कुरा वताउनुभएको हो । जनताका वीच सरकार पुग्ने माध्यम पनि सहकारी हो तर सहकारी संस्थाहरु व्यवस्थित रुपमा संचालन हुनुपर्दछ, प्रदेश सरकार सहकारी अभियानको प्रवद्र्धनका लागि तयार छ मूख्य मन्त्री भटटले वताउनुभयो ।

उक्त उद्घाटन समारोहको विशिष्ट अतिथिको रुपमा मन्तव्य दिंदै सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले सहकारीमा महिला सदस्यहरु धेरै भएतापनि नेतृत्वमा किन कम ? वहस गर्नु जरुरी रहेको वताउदै अव वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि स्वदेशमा रोजगारी सिर्जना गर्न सहकारी लाग्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमका अध्यक्षता गर्नुभएका महासंघका अध्यक्ष मीनराज कंडेलले सहकारी क्षेत्रले पुरयाएको योगदानको चर्चा गर्दै उत्पादनको समस्या नभै वजारको समस्या भएको र उत्पादक र उपभोक्तावीच जोडने काम सहकारी अभियानबाट हुने विचार व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा स्वागत मन्तव्य राख्दै महासंघका संचालक तथा प्रदेश सभा सदस्य तारा लामा तामांगले सरकारको नीति, कार्यक्रम तथा वजेट तर्जुमाको पूर्वसन्ध्यामा भएको यो गोष्ठी उपलव्धीमुलक हुने विश्वास व्यक्त गर्दै सहकारी राम्रो भएको ठाउमा आर्थिक सामाजिक विकास भएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वरोजगार कोषका कार्यकारी निर्देशक चुडामणि तिम्सिना, नेफ्स्कुनका संचालक तथा सुदूरपश्चिम प्रदेश वचत तथा ऋण सहकारी संघका अध्यक्ष माधव प्रसाद जोशी, राष्टिय सहकारी बैंकका संचालक शिवा थापा, महासंघका पूर्व संचालक गणेश वहादुर चन्दले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन महासंघका संचालक पदमा गुरुंगले गर्नुभएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा विभिन्न सहकारी संघ संस्थाका १०७ जनाको सहभागिता रहेको छ ।

कार्यक्रमको दोश्रो सत्रमा कैलाली वहुमुखी क्याम्ससका सहप्राध्यापक सहकारीकमी डा. गोविन्द राज जोशीले लैगिक समानताका लागि विद्यमान नीतिगत व्यवस्था र सहकारीको भूमिका र महासंघका महाप्रवन्धक चित्रा कुमारी थाम्सुहांग सुव्वाले सहकारीमा लैंगिक समानता, चुनौती र आगामी कार्यदिशा विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

दोश्रो दिन सहकारीमा डिजिटलाइजेशन विषयमा इन्फो डेभलोपर्स प्रा.लि का कार्यकारी निर्देशक प्रविण सुवेदी, सहकारी अभियानमा राष्टिय सहकारी वैंकको भूमिका विषयमा वैंंकका अध्यक्ष के.वी उप्रेती र डडेल्धुराका कमला विष्ट, कैलालीका दिप्ती शाही र रुपा जोशीबाट महिला सहकारीकर्मीहरुका सफलताका कथाहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको कुरा कार्यक्रम सहजीकरण गर्दै महासंघका तालिम अधिकृत देवी माया वांस्कोटाले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित