शुभकालिकाका यस्ता छ्न निर्णय,एम्बुलेन्स संचालन देखि आवासीय बिद्यालय स्थापना गर्ने

7
SHARES
15
VIEWS

कालीकोट ।शुभकालिका गाउँ पालिकाको पहिलो कार्यपालिका बैठकले पालिकामा असाय,टुहुरा बालबालिकाहरुको पठनपाठन गर्न आगामी वर्ष आवासीय विद्यालय स्थापना देखि महत्त्वपूर्ण निर्णय गरेको छ ।
कार्यपालिका निर्वाचन पछी बसेको पहिलो बैठकले आगामी वर्ष एम्बुलेन्स खरिद गर्ने,पालिकाका जनयुद्धका सहिद परिवार र एकल महिला,अपांग ,अति विपन्न परिवारका सदस्यहरुलाई निशुल्क स्वास्थ्य विमा गर्ने समेत निर्णय गरेको छ ।
त्यसै गरी असिना पानीले बालिनालिमा गरेको क्षतिलाई स्थलगत अध्ययन गरेर खाद्यान्न संकटलाई सामधान गर्ने,पालिकामा संचालित योजनालाई अनुगमन गर्न उपाध्यक्ष धर्मकला शाहीको नेतृत्वमा ५ सदस्य समिती गठन समेत गरेको छ ।कार्यपालिका बैठकले यस अघिको सरकारले कर्मचारी व्यावस्थापन ,सामान खरिद लगाएतको बिषयमा अभिलेखिकरण गर्ने समेत निर्णय गरेको हो ।
शुभकालिका वडा नम्बर ६ले चन्द्रसुर्य मावि बाट एसईईमा सबै भन्दा बढी अंक ल्याउने विधार्थीलाई २५ हजार नगद सहित पुरस्कृत गर्ने,वडामा जन्म दर्ता मृत्यु दर्ता शुल्क समेत नलिने निर्णय गरेको छ वडामा बर्थिङ्ग सेन्टर निर्माण गर्ने समेत निर्णय भएको वडा अध्यक्ष भिम प्रसाद आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित