रास्कोट सरकारको उत्कृष्ट काम,अस्पतालमा एक हप्ता भित्र यातायात सुचारु गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । रास्काेट नगरपालिकाको वडन न ५का अध्यक्ष मन तिरुवाले कार्यभार लिएकै दिनमा गरेको पहिलो निर्णय कार्यन्वयन भएको छ । रास्कोट अस्पतालमा सडकको पहुंच पुगाउने निर्णय कार्यन्वयन भएको हो ।
आरसिपी बजार देखि रास्कोट अस्पतालमा जोड्ने सडक सुचारु हुने भएको छ । वडा अध्यक्ष मन तिरुवाको उपस्थितिमा आरसिपी बजार देखि गौंतु सम्म सड्क शुरु गरिएको छ ।अहिले रास्कोट ७ को रोहोटे देखि जानू पर्ने बाध्यतालाई हटाउदै छोटो दुरिमा गौंतु सम्म सडक एक हप्ता भित्र यातायातका साधन सुचारु गर्ने उद्वेश्यले काम अघि बढाइएको अध्यक्ष मन तिरुवाले बताए । उनले यो पहिलो कामले नगरबासिमा खुशियाली छाएको छ ।
यस अघि आरसिपी बजारको जिरोप्वाइन्ट मानिएको मुख्यद्वारमा लगाइएका टहराका कारण नगर अस्पतालमा यातायात सुचारु हुन नसकेको भएपनी टहरा निर्माण पक्षलाइ आवासको ब्यबस्थापन गर्ने भएपछि शनिबार डोजर लगाएर कामको थालनि भएको बताइएको छ ।
यस सडक बाट रास्कोटका वडा नम्बर ४ देखि ९ सम्मका समुदायलाई पाएक पर्ने भएपछि नगर सरकारको पहिलो र महत्त्वपूर्ण काम भएको स्थानीयले बताएका छ्न । उक्त सडकमा निर्माण गरिएका टहराहरु बसना मल्ल,सच्चल शाही र देबका बम लगाएतका अन्य ठाउँमा ब्यबस्थापन गर्ने गरी सडक बिस्तार गरेर एक हप्ता भित्र नगर अस्पतालमा यातायातका साधन आवतजावत गर्ने अध्यक्ष तिरुवाले बताए ।
सो सडक एक वर्ष अघि निर्माण भएर अलपत्र अवस्थामा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित