महाबै गाउँ पालिकाले शनिबार मात्र बिदा दिने

7
SHARES
15
VIEWS

कालीकोट । महाबै गाउँ पालिकाको पहिलो बैठकले हप्तामा एक दिन शनिबार मात्र बिदा दिने निर्णय गरेको छ । कार्यपालिका बैठकले नेपाल सरकारले जेष्ठ १ गते देखि हप्तामा दुई दिन बिदा दिने गरेको निर्णयले विद्यालय लगाएतका अन्य काममा बाधा पुगेर नागरिकलाई असर पर्ने भन्दै यस अघि भइ आएको शनिबार मात्र बिदा दिने निर्णय गरेको हो । गाउँ कार्यपालिका पहिलो बैठकले गाउँ शिक्षा समिती गठन देखि गाउँ पालिकामा हरेक कामकारबाहीको अनुगमन गर्न समिती गठन समेत गरेको गाउँ पालिका अध्यक्ष खेम बहादुर सिंहले बताउनु भएको छ । सो बैठकले गाउँ पालिकाका नागरिकलाई स्वस्थ्य बिमा निशुल्क समेत गर्ने भएको छ । त्यसै गरी लामो समय देखि भत्किएको पादमघाट इलाका प्रहरी चौकिको मर्मत समेत गर्ने निर्णयको समेत अनुमोदन गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित