आज बिश्वधुमपान विरुद्धको दिवस:दिनको एक खिल्ली चुरोट पनि घातक

7
SHARES
15
VIEWS

काठमाडौ । हिजो आज हरेक मानिस धूमपान र मद्यपानका कारण बिरामिको सिकार बनेका छ्न । नेपालमा आज बिश्व धुमपान विरुद्धको दिवस बिबिध कार्यक्रम गरी मनाइदै छ ।बिश्वमा  वैज्ञानिकहरूले भनेका छन्, चुरोटको मात्रा घटाएर धुमपानका कारण स्वास्थ्यमा पर्ने हानि कम गर्न सकिँदैन त्यही भएर पूर्ण रुपमा चुरोट सेवन रोक्न जरूरी छ।

अनुसन्धानकर्ताहरूका अनुसार दिनको २० खिल्ली चुरोट सेवन गर्ने मानिसले एक खिल्ली मात्र चुरोट पिउँदासमेत स्वास्थ्यमा उल्लेखनीय जोखिम रहने गर्छ।
उनीहरूका अनुसार चुरोट सेवन पूर्ण रुपमा नगर्दा पुरूषको हकमा मुटुको रोग वा मस्तिष्कघातको जोखिम आधा हुन्छ भने महिलाको हकमा दुई तिहाइले कम हन्छ ।
उनीहरू भन्छन्- चुरोट सेवन रोक्दा फोक्सोको क्यान्सरको जोखिम पनि नाटकीय रूपमा कम हुन्छ।
ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित उनीहरूका लेखका अनुसार एकदमै न्यून मात्रामा भए पनि सुर्तीको धुँवाले मुटु, फोक्सो र रक्तनलिका कामहरूलाई असर गर्नसक्छ।
हरेक दिनको एक खिल्लीमात्र चुरोट पिउने मानिसहरूमा कहिल्यै चुरोट सेवन नगर्ने मानिसभन्दा मुटु रोग लाग्ने सम्भावना ५० प्रतिशत बढी हुने र ३० प्रतिशत बढी पक्षघातको सम्भावना हुने अनुसन्धानकर्ताहरूको भनाइ रहेको छ ।
१४१ वटा अध्ययनको विश्लेषणले दिनको २० खिल्ली चुरोट पिउने बानी भएका १०० जना मध्यम उमेर भएका व्यक्तिमध्ये ७ जनालाई हृदयाघात वा पक्षघात हुनसक्ने देखाएको छ।
तर यदि मात्रा घटाएर दिनको एउटा मात्र चुरोट सेवन गर्ने हो भने पनि ३ जनालाई हृदयाघात हुने उक्त अध्ययनले संकेत गरेको छ ।
उनीहरूका अनुसार पछिल्लो अध्ययनले धुमपानको सुरक्षित मात्रा नरहेको देखाएको छ।
तर एक जना विज्ञले चाहिँ चुरोट सेवनको मात्रा घटाउँदै जाने मानिसहरूले पूर्ण रुपमा धुमपान त्याग्न सक्ने उल्लेख गरेका छन्।
वैज्ञानिकहरूका अनुसार धुमपानका कारण हुने ४८ प्रतिशत अल्पायुको मृत्यु क्यान्सर नभइ मुटु सम्बन्धी रोगहरूका कारण हुने गर्छ।
अनुसन्धानकर्ताहरूका अनुसार बिस्वमा चुरोट पिउने मानिसहरूको संख्या घटिरहेको छ तर दिनको एक खिल्लीदेखि पाँच खिल्ली सम्म चुरोट सेवन गर्ने मानिसहरूको अनुपात द्रुत गतिमा बढिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित