कालीकोटका स्थानिय तहलाई उत्पादन मुखि बनाउन अर्थमन्त्रि शर्माको आग्रह

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल सरकारका अर्थमन्त्रि जनार्दन शर्मा(प्रभाकर)ले कालीकोटका जनप्रतिनिधिलाई स्थानिय तहलाई उत्पादनमुखि बनाउन आग्रह गर्नु भएको छ ।

जनप्रतिनिधिहरुको अभिमुखिकरण कार्यक्रममा पुगेका १० जना प्रमुख तथा उपप्रमुखहरु संगको बसाईमा विगतको भन्दा आउने दिनमा पालिकामा उत्पादन मुखि बनाउन अनुरोध गर्नु भएको हो । काठमाडौंमा भएको अर्थमन्त्रि शर्मा संग भेटघाटका क्रममा कालीकोटको अवस्थाका बारेमा जनप्रतिनिधिहरुले जानकारी गराएको बताइएको छ ।

उक्त  कार्यक्रममा माओवादी केन्द्रका पूर्व सांसद जिवन बुढा सहित रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही,खांडाचक्र नगरपालिकाका उपप्रमुख गणेश बहादुर शाही,सान्नित्रिवेणि गाउँ पालिका अध्यक्ष मोहन केसी,पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाही,शुभकालिका अध्यक्ष गोविन्द आचार्य,पलांता गाउँ पालिका अध्यक्ष विष्णु रोकाया,नरहरिनाथ गाउँ पालिका उपाध्यक्ष कमल शाह,पचालझरना गाउँ पालिका र पलांताका उपाध्यक्ष अल्किना बम र अलैपुरा हमालको उपस्थिति रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित