पचालझरनाको निति तथा कार्यक्रममा आंगन देखि भ्यु टावर सम्म

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लाको पचालझरना गाउँ पालिकाको निति तथा कार्यक्रममा जनताको आंगन देखि पर्यटन प्रवद्धनको भ्यु टाव सम्मका योजना समाबेश गरिने भएको छ ।

सोमबार उद्घाटन भएको छैंटो गाउँ सभामा आगामी वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले “मेरो आंगन मेरो पहिचान” भन्ने नारा अगाडी सार्दै प्रत्येक समुदायहरुले भित्र देखि सरसफाईमा जोड दिनु पर्ने बताउनु भयो । निति तथा कार्यक्रम प्रस्तुतका क्रममा अध्यक्ष सेजुवालले आगमी वर्ष खार्दुलाई पर्यटनको नमुना गाउँ बनाउने, विद्युतलाई पालिका स्तरमा विस्तार गर्ने, लिप्ट सिंचाइका माध्यमबाट बांझो जमिनको व्यवस्थापन गर्ने,प्रत्येक नागरिकहरुले बृक्षारोपण शुरु गर्ने र प्राविधिक स्टामेटका आधारमा बजेट भूक्तानि गर्ने,बांझो जमिनमा खेति गर्ने,स्वस्थ्य तथा पशुचिकित्सक अध्ययन गर्ने विद्यार्थिलाई छात्रबृति दिने, पालिका स्तरमा योग शिविर संचालन गर्ने,लोक सेवा तयारी कक्षा संचालन गर्ने उल्लेख गरिएको छ ।

त्यसै गरी निति तथा कार्यक्रममा १००० जना युवाहरुको समुहमा युवा श्रम केन्द्र गठन गर्ने,गाउँ पालिकालाइ प्रविधि मैत्रि बनाउने,४ लाख भन्दा माथिका योजनाहरु ठेक्का प्रणालिबाट संचालन गर्ने,सबै नागरिकहरुको विमा गर्ने,कामदारहरुको दैनिक ज्याला बैंक मार्फत भुक्तानि गर्ने, अन्तरपालिका सडक विस्तार गर्ने,पालिकाले आफ्नै मिनिवस संचालन गर्ने,जारकोट स्थित कर्नालि नदिमा बेलि बृज निर्माण गर्ने,पचालझरनालाई प्रवद्धन गर्न देउडा,सडक नाटक लगाएतका कार्यक्रमहरु गर्ने उल्लेख गरिएको छ ।

आगमी वर्षमा यस अघि भएको गुवालो भत्ता निरन्तरता दिने प्रत्येक १० गते जेष्ठनागरिकहरुको घरमा उपचार सहितको सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने,विपन्नका घर निर्माण गर्ने लगाएतका कामलाई निरन्तरता दिने गाउँ पालिका अध्यक्ष सेजुवालले बताउनु भएको छ । गाउँ सभा १६ गते सम्म योजना छनोट तथा त्यस माथि छलफल गरी अन्तिम टुंगोमा पुग्ने र त्यस पछि रातो कितावमा कायम गरेपछि मात्र सार्वजनिक गर्ने अध्यक्ष सेजुवालको भनाई रहेको छ । पहिलो पटक कालीकोटमा पचालझरना गाउँ पालिकाले छैटौ गाउँ सभा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित