कस्ले बुझ्छ स्वास्थ्यक्षेत्रका पीडा ? भौतिक संरचना र विशेषज्ञ अभाब झेल्दै जिल्ला अस्पताल

7
SHARES
15
VIEWS

कालीकोट ।जिल्ला अस्पताल कालीकोट भौतिक संरचना र विशेषज्ञ अभाब झेल्दै आएको बताइएको छ । पटकपटक स्वास्थ्य क्षेत्रमा समस्या आएपनी त्यसको गहिराईमा कोहि पनि पस्न नसकेको बताइएको छ । जिल्ला अस्पताल कालीकोट ४५ सैयाको भवन कोभिडका कारण समयमै सम्पन्न हुन नसक्नु र स्त्रीरोग तथा बाल रोग विशेषज्ञको अभाब झेल्दै आएको स्वास्थ्यकर्मीको भनाइ रहेको छ ।
जिल्ला अस्पताल कालीकोटका निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक डाक्टर रत्नबिर सुनारका अनुसार खांडाचक्र ५ निवाशी पुन्ना बिकको उपचारमा आफ्नो लापरबाही नभएको बताएका छ्न । उनले आफू लगाएत अन्य डाक्टर संख्याले ८ भएपनी सबै करार भएको र सो क्षेत्र अर्थात बाल रोग विशेषज्ञ देखि भौतिक संरचना नहुने पनि समस्या रहेको बताए । उनले भने कुनै पनि स्वास्थ्यकर्मिले बिरामिको ज्यान जाओस भन्ने चाहाना हुदैन तरपनी आकस्मिक कुनै घटना प्रयास गर्दा गर्दै हुने गरेको बताए ।
आफुले ३० गते राती बिरामि अस्पताल पुगेको र सो समयमा अवस्था सामान्य रहेपनी राती १० बजे पेटमा बच्चा मरेको र सो बच्चाको सल्याक्रिया बाट भन्दा पनि औषधि मार्फत बच्चा निकाल्ने प्रयास गरेको तर बच्चा मरेको स्थानमा प्वाल परेर रक्तस्राव बढ्नुले समस्या आएको बताए। अस्पताल आउनु पुर्ब गाउँमा धामीझाँक्री गरेको र अस्पताल पुग्दा सम्म स्वास्थ्य अवस्था सामान्य रहेको र बच्चाको ज्यान गएपनी अमालाइ बचाउन कै लागि सबै प्रयास गरेको तर संभावना न्यून भएको बताए । अहिले जे जति आफुहरुलाइ लापरबाही गरेको आरोप लगाइएको छ ।त्यो सत्य नभएको डाक्टर सुनारको भनाइ रहेको छ।
खांडाचक्र ५ निवाशी नयां बिककी श्रीमती पुन्ना बिकको ३१ गते जिल्ला अस्पताल कालीकोटमा मंगलबार ज्यान गएपछी आज दाहसंस्कार गरिएको छ ।उनको ज्यान जानुमा स्वस्थ्यकर्मिको लापरबाही भएको स्थानीयले आरोप लगाएका छ्न ।
मृतकका आफन्त तथा खांडाचक्र ५ का वडा अध्यक्ष देउराम बिकले बिरामि पुन्ना बिकको उपचारमा स्वास्थ्यकर्मीले चासो नदिएर मृत्यु भएको बताए । उनले भने आफ्नो भाइबुहारीको आज दाहसंस्कार गरेको छु । अब स्थानीय प्रशासन मार्फत के कति कारणले ज्यान गएको हो सोको बारेमा आफुले खोजी गर्ने बताए ।
जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत तथा सुचना अधिकारी कटक महतले यहांको स्वास्थ्य अवस्थाका बारेमा प्रदेश सरकारले ध्यान नदिएको बताउदै यहाँ अहिले नभइ नहुने प्रसुती स्त्रीरोग विशेषज्ञ,हाड जोर्नी विशेषज्ञ,बाल रोग विशेषज्ञ र सर्जन ( जनरल) जरुरत परेको बताए ।
जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका प्रशासन प्रमुख कमल महतले प्रदेशले विशेषज्ञ डाक्टर र आइसियुको लागि ब्यबस्थापन गर्न चासो नदिएको बताए।
उनले भने कर्नाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान तथा सामाजिक बिकाश मन्त्रालय संग अनुरोध गरेर निर्माणधिन भवन छिटोभन्दा छिटो बनाउनु पर्ने बताए । कुनै बिरामी पर्दा आइसियु समेत नभएको बेला जेनतेनले मात्र काम गर्ने गरिएको बताए
। घटना घटेपछी जति मानवीयता पलाउने गरेको भएपनी त्यसका लागि गम्भीर हुने राजनीतिक दल देखि सरोकारवाला क्षेत्रको ध्यान पुग्न नसकेको बिप्लव नेकपाका जिल्ला सेक्रेटरी मनिलाल ऐडीले बताए । उनले आफुले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको सरोकारवालाहरु संग पहल गर्न जोड दिने बताए । सो घटना र बिरामिको बारेमा जानकारी लिन जिल्ला अस्पताल पुगेका ऐडीले आगामी दिनमा यस्ता घटना घट्न नदिन सतर्कता अपनाउन आग्रह गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित