लालुकी रामपुराको बिच बाटोमा निधन,श्रीमान दुर्ग बोहोरा जेलमा छोराछोरीको बिचल्लि

7
SHARES
15
VIEWS

कालीकोट। नरहरिनाथ गाउँ पालिका ९ निवासी रामपुरा बुढा(बोहोरा)को उपचारका ल्याउदै गर्दा निधन भएको छ।बिरामी अवस्थामा उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा खांडाचक्र नगरपालिकाको कालेखोलामा लडेर निधन भएको बताइएको छ । निधन पछि कालेखोलामा प्रहरी सहितको टोलिले पोस्टमार्टम गरेको आफन्त बल बहादुर बुढाले बताए ।दुई छोरा र दुइ छोरी रहेका बोहराको श्रीमान दुर्गराज बोहरा जिल्ला कारागार कालीकोटमा जेल जीवन बिताइरहेका छ्न । गएको वर्ष हातहतियार तथा खरखजना मुद्दामा पक्राउ परेका बोहोराले श्रीमतिको उपचार भन्दा भेटघाट गर्न समेत पाएनन । लामो समय पारिवारिक पिडामा रहेकी राम्पुराको निधनले छोराछोरीको बिचल्ली भएको छ । घरको ब्यबस्थापन र श्रीमानको पिडाले कस्टकर जीवन बिताउदै आएकी राम्पुरा बुढा( बोहोरा)को छोराछोरीको ब्यबस्थापन गर्न कठिनाई भएको आफन्तले बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित