कालीकोटको पलांताका क्वारेन्टाइनमा हरिविजोग

7
SHARES
15
VIEWS

कालीकोट,असार । असारे झरी संगै खुला चौरमा पाल टांगेर क्वारेन्टाइनमा बसेका नागरिकहरुको अवस्था नाजुक रहेको छ ।

पलांता गाउँ पालिका स्थापना गरेका क्वारेन्टाइनमा बर्षाको समयमा खाना पकाउन कठिनाई झेल्दै आएका छन । उनिहरुले पानि पर्दा रातभर जाग्राम हुनु परेको छ भने खाना पकाउदा पनि त्यतिकै कठिनाई भोग्नु परेको छ । रातभर पानि पर्दा ओछ्यान मुनि भरिएर जाग्राम बस्नु परेको पलांता बेर्सनकोटका लाल रोकायाले बताउनु भयो । वहांले भन्नु भयो व्यवस्थापनमा कठिनाई छैन तर पनि बस्न र खानाको लागि समस्या आएको छ ।


खुला चौरमा खाना पकाउदा कठिनाई झेल्नु परेको छ । दाउराको व्यवस्थापन गरेको छ । आफैलाई ज्यान जोगाउन कठिन भएको छ । पलांताको प्रवेश द्धारमा रहेको घाटाचौरमा विच बाटोको आसपासमा बनाइएको पाल मुनि बसेका नागरिकहरु प्रति सबैका लाग्छ कि कसरी बसेका होलान ?


१९ दिन भैहाले अन्तिम चरणमा घर जाने आशामा रहेका थियौं एक जनामा आरडिटी पोजोटिभ आएपछि आफुहरु थप केही दिन कुर्नु परेको अवस्था आएको रोकायाको भनाई रहेको छ । वहांका अनुसार विभिन्न जनप्रतिनिधिहरु आएर फलफुल तथा खाजाको व्यबस्थापन गरेको भएपनि प्रकृतिका कारण आफुहरुलाई समस्या आएको छ ।

यस्तो अवस्थामा सबैलाई कठिनाई छ हामीले सहज तरिकाले लिएका छौं दुइ चार दिन पछि घर गएपछि सबै हल भइहाल्छ । पलांता गाउँ पालिकाको धौलागोहमा सरस्वति माध्यमिक विद्यालय भित्र बस्दै आएका नागरिकहरुको व्यवस्थापनमा अभाव भएपनि बस्न सजिलो भएको बताइएको छ ।
केही समय पहिले पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बमले “आफ्नो घरमा १०० बेडको क्वारेन्टाइनको व्यवस्थापन गरिने,त्यस भित्र आफैले निशुल्क व्यवस्थापन गर्ने र सेवामा कुनै कमि हुन दिने छैन” भनि लेखेको कुरा व्यवहारमा ठिक विपरित भएको छ ।

त्यो भनाईलाई श्रोत बनाई विभिन्न संचार माध्यमले मनकारी बम परिवारले आफ्नै घरमा क्वारेन्टाइन बनाउदै भन्ने समाचारले व्यापक स्थान पाएको थियो । घर खालि गर्नु त धेरै टाढाको कुरा हो अध्यक्ष लक्ष्मण बमको घरमा पलांता गाउँ पालिकाको कार्यालय, नविल बैंक र आफैले संचालन गरेको निजि अस्पताल र अन्य कोठा भाडामा दिएका छन ।

भारतबाट आएका नागरिकहरुलाई सरस्वति मावि थिर्पुमा राख्ने विषयमा विवाद भएपछि पचालझरना गाउँ पालिकाको भुगोल घाटाचौरमा पलांता गाउँ पालिकाले क्वारेन्टाइनको व्यवस्थापन गरेको हो । केही समुदायलाई पाल र केहीलाई जस्ता पाताको व्यवस्थापन गरिएको छ ।
क्वारेन्टाइनमा कुनै पनि कमि हुन नदिइएको पलांता वडा न.९का वडा अध्यक्ष टक्क बमले दावि गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित