रास्कोट नगरले कोशेली घर,होमस्टे देखि नगर प्रहरी सम्म स्थापना गरिने

7
SHARES
15
VIEWS

कालीकोट । स्थानीय तहले आगामी वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएका छ्न ।आ आफ्ना नगर तथा गाउँ पालिकामा हुने कार्यक्रमका बारेमा महत्वाकांक्षी योजना ल्याउने र कार्यन्वयनमा कठिन हुने परम्परा कायम छ । त्यसका बाबजुद रास्कोट नगरपालिकाले “हामी बनाउछाै हाम्राे नगर”भन्ने नाराका साथ १० औं नगरसभा सम्पन्न भएको छ । रास्कोट नगरपालिकाको १० औं नगर सभाले महत्त्वपूर्ण निर्णय गरेको छ ।
आ ब २०७९।०८० रास्काेट नगर पालिकाकाे दसाैं नगरसभाका मुख्य प्रथमिकतामा परेका नीति तथा कार्यक्रमहरु तपसिल बमोजिम रहेको छ ।
१. नगर बस सञ्चालन
२. नगर प्रहरीको गठन
३. मेयर हेल्थ केयर कार्यक्रम सञ्चालन
४. उप-प्रमुखसँग लक्षित वर्ग कार्यक्रम सञ्चालन
५. सामाजिक सुरक्षा भत्ता घर आँगनमा वितरण
६. जनआन्दोलन, जनयुद्धका सहिद, घाइते, अपाङ्गता भएका, दन्द्ध पिडित, विपन्न दलित परिवारका छात्रछात्राहरुलाई उच्च शिक्षा अध्यायनका लागि “मेयर छात्रवत्ति कोष स्थापना”
७. रास्कोट बहुमूखी क्याम्पस सञ्चालन
८. रास्कोट नगरपालिकाको पहिचान सहित लोगो कायम गरिनेछ ।
९. वातावरण संरक्षणका लागि रास्कोट नगरपालिकको लोगो सहितको झटपट झोला वितरण गरिनेछ
१०. रास्कोट कोशेली घर स्थापना
११. एक घर एक धारा कार्यक्रमद्धारा स्वच्छ खानेपानीको पहुँचमा विस्तार
१२. पर्यटन प्रर्वधनका लागि होमस्टे स्थापना
१३. नागरिक निर्जीवन दुर्घटना बिमा कार्यक्रमको निरन्तरता
१४. रास्कोट नगर अस्पतालबाट विषेशज्ञ सेवा प्रवाह गर्ने ।
१५. आर.सि.पि. बजारको विस्तृत सर्वक्षण गरी व्यवस्थापन गरिनेछ ।
१६. जल, जंगल, जमिन र जनश्रमको परिचालन गर्न ४ ज को नीति अवलम्वन गरिनेछ ।
१७. पूर्वाधार विकासकालागि भौतिक संरचनाहरुको स्तरोन्ती गरिनेछ
१८. बजेटको उद्देश्य हाँसिल गर्न प्राथमिकता कायम गरी संघ,कर्णाली प्रदेश निजि क्षेत्रसंग साझेदारीका आधारमा सहकार्य गरिनेछ ।
१९. कृषि आधुनिकिकरण, व्यवसायिकिकरण र हाइटेक नर्सरीलाई सञ्चालनमा ल्याइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित