जिल्लाभर एकसाथ गाउँ तथा नगरसभा सम्पन्न,महत्वाकांक्षी योजना प्रस्तुत

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाभरका नगर तथा गाउँ सभा सम्पन्न भएका छ्न ।यस अघि सम्पन्न भएका रास्कोट नगरपालिका र पचालझरना गाउ पालिका बाहेक दुई नगरपालिकाको नगर सभा र ५ गाउँ पालिकाको गाउँ सभा आज सम्पन्न भएको छ ।जिल्लाको तिलागुफा नगरपालिकाको नगर सभामा नेपाली कांग्रेस जिल्ला सभापति अम्म बहादुर शाहिको प्रमुख आतिथ्यतामा भएको छ भने महाबै गाउँ पालिकामा नेकपा माओवादी केन्द्रका केन्द्रिय अनुशासन आयोगका सदस्य सर्पराज सिंह,शुभकालीका गाउँ पालिकाको गाउँ सभामा कर्नाली प्रदेशका पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाही र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक लक्ष्मी प्रसाद चौलागाईंको उपस्थितिमा सम्पन्न भएको छ । त्यसै गरी सान्नित्रीबेणी गाउँ पालिकामा जिल्ला समन्वय प्रमुख धनजित शाहीको उपस्थिति रहेको छ । पलाता गाउँ पालिकामा जिल्ला समन्वय समिती उपप्रमुख मिना रावतको उपस्थिति रहेको बताइएको छ । उता नरहरिनाथ गाउँ पालिकामा पनि गाउँ सभा सम्पन्न भएको छ । गाउँ तथा नगरसभाले आन्तरिक तथा संघ र प्रदेशको अनुदान प्राप्त रकमलाइ विभिन्न शिर्षकमा बिभाजन गरेका छ्न । आ आफ्ना नगर तथा गाउँ सभामा आगामी वर्ष२०७९/०८०का लागि महत्वाकांक्षी योजना अघि बढाएको बताइएको छ भने अधिकांसले पुरानै योजनालाइ निरन्तरता दिएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित