धान दिवस : सन्दर्भ असार १५को इतिहांस

7
SHARES
15
VIEWS

कालीकोट । राष्ट्रिय धान दिवस नेपाली किसानहरुको महत्वपूर्ण पर्व हो । नेपालका किसान संघ,संगठनहरुले यसलाई किसान दिवसको रुपमा लामो समयदेखि मनाउँदै आएका छन् । १५ वर्षअघि नेपाल सरकारले यस दिनलाई औपचारिक रुपमा धान दिवस घोषणा गरी मनाउन थालेपछि त यस दिनले थप चर्चा परिचर्चा पाउने गरेको छ ।

नेपालको मुख्य खाद्य वाली धान नेपालको इतिहास, यहाँको सभ्यता र संस्कृतिसँग गाँसिनुका साथै जीवनयापनको अभिन्न अंग रहेकाले हुनपर्छअसार १५ वा धान दिवस एक उत्सवका रुपमा रहेको छ ।

धानसँग सम्बन्धित विविध विषयलाई उजागर गर्नुका साथै यसको महत्वलाई दर्शाउन तथा सबैको ध्यान किसानतर्फ आकर्षित गर्न सक्नुपर्छ भन्ने अभिप्रायले हुनुपर्छ नेपाललगायत एसियाका विभिन्न देशमा धान बचाऔं अभियान सशक्त रुपमा अगाडि बढ्दैछ ।
यस्तो छ धानको इतिहास :
धानको उत्पति र खेतिको पहिलो अभ्यासको वास्तविक समयबारे एकिन नभए पनि एशियामै मानव सभ्यता र खेतिपातिको विकासक्रम धान खेतिसँग जोडिएको छ ।
धान खेतिको प्रारम्भ लगभग ६ हजार बर्षअघि एशियाको हिन्दकुश हिमालयको फेदमा भएको मानिन्छ । धान खेती एशियामा खेती प्रणालीसँगै भित्रेको दिगो बाली हो । त्यसैले एशियाली सभ्यता धानको खेतिको सुरुवात्सँगै अगाडि बढेको पाइन्छ । एशियाको निधिका रुपमा रहेको धानको नेपाल र भारतमा आर्यन सभ्यताको विकास भएकै समयमा खेति गरिएको इतिहास पाइन्छ । यसका साथै पूर्वि एशियामा पनि धान आजभन्दा करीव ३ हजार बर्षअघि नै खेति गरिएको इतिहास छ ।
विस्तारै मध्य एशिया र यूरोपमा फैलिएको यो वाली युरोपमा लगभक २ हजार बर्षअघि र अमेरिकामा ३ सय बर्षअघि मात्रै सुरु भएको मानिन्छ ।
हामी आज असार पन्ध्र मनाइरहदा मुख्य तया तीन विषय हाम्रो सामु प्रमुख रहेका छन् । एक नेपालको सन्दर्भमा असार पन्ध्रको महिमा र यस विशेष दिनको महत्व । दोस्रो किसान अधिकार र यस दिनले उठाएका किसानका सवालहरु  तथा तेस्रो हाम्रो सभ्यता र संस्कृतिको रुपमा रहेको निधि मुख्य खाद्यवाली धान अझ असार १५ अहिले पर्यटकीय पर्वको रुपमा समेत विकसित हुँदै छ ।

हिलोमा रेसलिङ खेलेका, स्कुल र कलेजका विद्यार्थीले हिलो खेलेका तथा विदेशी पर्याटकहरु समेत यस दिनमा धान रोपाइमा सरिक भएका र हिलो खेलेका तस्वीरले हाम्रो असार १५ रंगीने गरेको छ । यो खुशीकै कुरा भए पनि हामीले र मुख्य गरी किसानले मनाउने असार पन्ध्रको उदेश्य त्यतिमात्र होइन । हामी त्यसैमा रमेमा र गहनरुपमा नसोचे पछिल्ला केही वर्षमा देखिएझै असार १५मा अझ विकृति र विसंगति भित्रने, यो उल्लास र संघर्षको दिन भन्दा पनि एक काण्डको दिन बन्ने र हाम्रो बहश कृषि क्षेत्र, किसान, धान संस्कृतिबाट विमुख हुनेमा कुनै शंका छैन ।
त्यसैले आजका दिनमा हामीले कसरी नेपालको संस्कृति, खेतिपाती र धानको महिमासँग जोडिएको छ भन्नेबारे विष्लेषण गर्ने तथा आजको आवश्यकता, प्रतिकुलता र अवसरकाबारे छलफल र बहश चलाउन आवश्यक छ । असार १५ ले हामीलाई हाम्रो परिवेश र यहाँको इतिहासको बारेमा बताउँछ ।
त्यसैगरी यस दिनलाई किसान अधिकार दिवशको रुपमा पनि मनाइरहदा के हाम्रो देशका बहुसंख्यक सानाकिसानका अधिकार प्राप्त भएका छन् या छैनन् यसतर्फ पनि ध्यानाकर्षण गर्न जरुरी छ । किसान अधिकार र खाद्य अधिकार वीना आधारभुत मानव अधिकार , आर्थिक तथा सामाजिक सांस्कृतिक अधिकार, महिला अधिकार तथा ग्रामीण जनसमुदायको अधिकार संरक्षण नहुने भएकोले यस दिनलाई मनाइरहदा किसानको अधिकार प्राप्त गर्ने संघर्षको रुपमा समेत यसलाई लिन आवश्यक छ ।
धान एउटा यस्तो अचम्मको वनस्पति हो जुन पानीको अत्यन्त अभाव हुने मरुभूमिदेखि पानीले डुवेका सिमस्यार र समुन्द्र सतहदेखि ३ हजार मिटर उचाइको हिमालयको काखसम्म यसको खेति गरिन्छ । धान नेपाल र दक्षिण एशिया मात्र नभई पुरै एशिया महादेशको प्रमुख खाद्यवाली हो ।


एशियाको निधिका रुपमा रहेको धानको नेपाल र भारतमा आर्यन सभ्यताको विकास भएकै समयमा खेति गरिएको इतिहास पाइन्छ । यसका साथै पूर्वि एशियामा पनि धान आजभन्दा करीव ३ हजार बर्षअघि नै खेति गरिएको इतिहास छ ।
विस्तारै मध्य एशिया र यूरोपमा फैलिएको यो वाली युरोपमा लगभक २ हजार बर्षअघि र अमेरिकामा ३ सय बर्षअघि मात्रै सुरु भएको मानिन्छ ।
हामी आज असार पन्ध्र मनाइरहदा मुख्य तया तीन विषय हाम्रो सामु प्रमुख रहेका छन् । एक नेपालको सन्दर्भमा असार पन्ध्रको महिमा र यस विशेष दिनको महत्व । दोस्रो किसान अधिकार र यस दिनले उठाएका किसानका सवालहरु  तथा तेस्रो हाम्रो सभ्यता र संस्कृतिको रुपमा रहेको निधि मुख्य खाद्यवाली धान अझ असार १५ अहिले पर्यटकीय पर्वको रुपमा समेत विकसित हुँदै छ ।


विश्वको करीव ७ अरब जनसंख्या मध्ये धानलाई आफ्नो मुख्य आहारका रुपमा प्रयोग गर्नेको संख्या ३ अरव बढी छ । विश्वभरिको खेतीयोग्य जमीनमध्ये करीब १४ करोड ६० लाख हेक्टर भूमिमा धान खेती गरिन्छ । जसमध्ये १० प्रतिशत जमिन अत्यन्त उर्वर रहेको छ । धान सम्वन्धी अध्ययनका अनुसार संसारभरमा गत बर्ष करीव ५३ करोड ५० लाख टन धान वार्षिक रुपमा उत्पादन भएको तथ्यांक प्रस्तुत गरिएको छ । संसारको कूल धान उत्पादनको ९१ प्रतिशत हिस्सा एशियामा मात्र उत्पादन हुने गर्छ ।

एशिया धानको भण्डार हो । भारत, थाइल्याण्ड र भियतनाम प्रमुख निर्यातकर्ता हुन् भने चीन, नाइजेरिया, मेक्सिको, हाइटि आयात गर्ने राष्ट्र हुन् । एशिया बाहिर जम्मा उत्पादनको ९ प्रतिशत मात्र उत्पादन गरिन्छ । अफ्रिकाका म्याडागास्कर तथा सहारा आसपासको क्षेत्रमा पनि मुख्य खाद्य वाली धान हो ।

उत्पादनको हिसावमा धान मकैपछि विश्वको धेरै उत्पादन गरिने वाली मानीन्छ तर खाद्यान्नमा पहिलो । चीनमा मात्र २० करोड मेट्रिक टन धान उत्पादन हुन्छ । तर खेतिका हिसावले भारतको बढी भूमिमा धान खेति गरिन्छ । औसतमा विश्वका मानिसहरु ५७.५ केजी धान उपभोग गर्दछन् ।

धानको उत्पति एशियाको हिन्दकुश हिमालय तथा चीनक नदी तटीय भागमा भएको र एशियामा खेती प्रणालीसँगै धान खेती भित्रेकोले एशियाली सभ्यता धान खेतिको सभ्यता पनि भनिन्छ । यसैका धान एशियामा स्थायी बसोबास, लिपी, संख्या, प्रथम शहरहरु तथा मानव समाजको नयाँ युगको प्रारम्भ भयो ।

नेपालमा मुख्य गरी धान असारश्रावण महिनामा रोपिए पनि ठाउँअनुसार नेपालको धान खेतिलाई हामी चैते धान, बर्षे धान (असार श्रावणमा लगाइने), भदैया धान, पछिल्लो धान वा खरुहान, वोरो धान र हिमाली धान गरी भन्न सक्दछौं । हिमाली धान फाल्गुणतिर रोपिन्छ भने वोरो धान मंसिर पुषमा रोपिन्छ ।

नेपालमा लगभग २ हजार जातका धान पाइने गरेको तथ्याङ्क नार्कले बताउँछ । तर, तीमध्ये सयौं प्रजाति हराइसकेका छन् र अन्य लोप हुने क्रममा छन् । नार्कको अनुवंश बचाउने ठाउँ जीन बैंकमा २०० जति जातका बंश सरक्षण गरिएको छ भने केही अन्तरराष्ट्रिय धान अनुसन्धान संस्था इरीको बैंकमा पनि रहेका छन् । तर, यी सबै धानका जात हाम्रा हुन् भनी हामीले आफ्नो पेटेन्ट अधिकार प्राप्त गर्न सकेका छैनौं । नेपालमा प्रसिद्ध धानहरुमा पोखरेली जेठो बुढो, सुनौलो सुगन्ध, लल्का वास्मती, कालो नीमग, जुम्ली मार्सी, जरायल वास्मति, घैया, अनदी आदि हुन् ।

असाार १५को अवसरमा कतै रोपाई त कतै दहि च्युरा खाएर रोपाई दिवस मनाउने चलन रहेको छ । सरकारी तथा विभिन्न संघ संस्थाले किसानको बारीमा गएर धान दिवस मनाउने गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित