पचालझरनामा अनुगमनमा तिव्रता,कामको गुणस्तर हुनु पर्छ-अध्यक्ष शाही

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले चालु आर्थिक वर्षमा भएका विकास निर्माणका कामको अनुगमनमा तिव्रता दिएको छ ।

संघ र प्रदेशबाट संचालित विभिन्न योजनाहरुको अनुगमन गर्ने क्रममा आज पचालझरना गाउँ पालिकाको वडा न.५ बांझकोटका विभिन्न आयोजनाहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाही,उपाध्इक्ष अल्किना बम,योजना अधिकृत कमल बम लगाएतका सरोकारवालहरुको उपस्थिति रहेको छ । उक्त अनुगमनमा नवकिरण आधारभुत विदालय बांझकोटको भवन,र सो विद्यालयको पठन पाठनका बारेमा समेत जानकारी लिने काम भएको बताएका छन ।

अध्यक्ष शाहीले बड्डाखोला हुदै बांझकोट सम्मको सिचाई कुलो र ज्ञानोद्धय माध्यमिक विद्यालयको फिल्ड निर्माण तथा अन्य काम सफलता तर्फ उन्मुख भएको बताइएको छ ।यस अघि पचालझरना गाउँ पालिकाको साविकको नानिकोटका बोलुगाउँ, सरस्वति मावि भवन तथा तिखात्ति कोटिलाको शहिद स्मृति भवन लगाएतको अनुगमन गरिएको थियो ।

पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बमले प्रदेश सरकारबाट संचालित विकास निर्माणका कामलाई पूर्णता दिने गरेर बांकी रहेको काम सम्पन्न गर्न निर्देशन दिदै समुदायलाई आफ्नो गाउँको विकासमा गुणात्मक गर्नु मुख्य जिम्मेवार भएको बताएकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित