पलातामा खुलाचौरमा पठनपाठन हुन दिन्नौ- अध्यक्ष रोकाया

7
SHARES
15
VIEWS

कालीकोट । पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाले शैक्षिक क्षेत्रको सुधारका लागि कुनै कसुर बाकी नराख्ने बताएका छ्न ।

पलाता गाउँ पालिका शैक्षिक क्षेत्रका सरोकारवालाहरु को उपस्थितिमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष रोकायाले पहिलेको जस्तो खुलाचौरमा पठनपाठन हुन नदिने बताउदै आगामी दिनमा शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तन जरुरी भएको बताए । उनले भने अब पलाताका कुनै पनि विद्यालयमा भौतिक सामाग्री र फर्निचरको अभाब नहुने बताउदै सबैले शिक्षा जस्तो क्षेत्रलाइ हेलचक्र्याइ नगर्न आग्रह गरेका छ्न ।

सो कार्यक्रममा उपस्थित विद्यालयका प्रधानध्यापकहरुले शैक्षिक क्षेत्रमा पलाताका समस्याहरुको बारेमा जानकारी गराएका थिए ।

नेकपा(माओवादी केन्द्र)पलाताका इन्चार्ज मान बहादुर भण्डारी, शिक्षा शाखा प्रमुख कल बहादुर भण्डारी सहितका नेताहरुको सहभागिता रहेको थियो । पछिल्लो समयमा शिक्षालाइ ब्यबस्थित गर्नेमा गाउँ पालिका लागि परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित